स्याङ्जाली सम्पर्क सदन पोखरामा पंगेनी

पोखरा, २८ पुस ।

स्याङ्जाली सम्पर्क सदन, पोखराको २५ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले लिलाप्रसाद पंगेनीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिमा निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेल, प्रथम उपाध्यक्ष लालीमाया रेग्मी, द्वितीय उपाध्यक्ष तारा गौतम सुनार, तृतीय उपाध्यक्ष डोलराज पोख्रेल, महासचिव धर्मराज अर्याल, सचिव गोविन्द काफ्ले र कोषाध्यक्ष विष्णुमाया गुरुङ चयन छन् । त्यस्तै सदस्यमा किशोर पौडेल, शिवबहादुर थापा, धर्मदत्त तिमिल्सिना, विष्णुप्रसाद पोख्ररेल, कृष्णप्रसाद पोखरेल, रुक्मागंत भण्डारी (विश्वास), दिनदयाल पाण्डे र टंकप्रसाद आचार्य चयन भए । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन समिति संयोजक अधिवक्ता सुकदेव गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

यस गण्डकी प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा गिरीधारी शर्माले सदनको साधारण सभा उद्घाटन गर्दै सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, मुक्तिनाथदेखि लुम्बिनीसम्म बाटो निर्माण छिटोभन्दा छिटो सम्पन्न गरी स्याङ्जामा उत्पादित कृषिजन्य तथा अन्य वस्तुको बजारीकरणमा सहज बनाउनुपर्ने बताए ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापा, छोरेपाटन टोल सुधार समितिका उपाध्यक्ष आनन्द अर्याल, शीतलचौतारी आमा समूहकी सुमित्रा लम्साल, शीतलचौतारी टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद लम्साल, आजीवन सदस्य ऋतुनाथ लम्साल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मुक्तिप्रसाद पाण्डे, मेजर दिलबहादुर गुरुङ, संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ, लगायतले बोलेका थिए।

सो अवसरमा प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा शर्मा, पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापा, रोममा राष्ट्रपतिबाट सम्मानित मेजर दिलबहादुर गुरुङ र डा टेकनारायण पौडेललाई सम्मान गरिएको थियो।

You might also like

Comments are closed.