स्वतन्त्र शैक्षिक परामर्श सघं गण्डकी प्रदेश गठन

आर्थिक आवाज
पोखरा, २९ मंसिर । शैक्षिक परामर्शहरुदाताको स्वतन्त्र छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श सघं (फेकोन) गण्डकी प्रदेश समिती गठन गरिएको छ । स्वदेश तथा विदेशमा पढ्न जाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिदै आएका कास्की, स्याङजा, म्याग्दी, तनहँुमा सञ्चालित २५ भन्दा बढी शैक्षिक परामर्श संस्थाहरुको भेलाबाट समिति गठन गरिएको हो ।

भेलाले जागृत प्रसाद भट्टराईको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा सुनिल पराजुली, द्वितीय उपाध्यक्षमा सुजन बस्नेत, महासचिवमा बलराम तिमिल्सिना, सचिवमा विश्वप्रकास भुषाल, कोषध्यक्षमा संजय सुबेदी छन् । सदस्यहरुमा राजु गौतम, पुष्पराज तिमिल्सिना सफल, नन्द पाइजा पुन छन् ।

सो अवसरमा संघका केन्द्रीय सल्लाहाकार सञ्जय घिमिरेले परामर्श दाताहरुको व्यावसायिकता र मर्यादित सेवा प्रवाहका माध्यमबाट विद्यार्थीलाई अधिकतम लाभ प्रदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीरण गर्दै संघका केन्द्रीय महासचिव भुपाल तामाङले फेकोनले सङख्यामा भन्दा पनी गुणस्तरमा केन्द्रित भएको बताए ।

कार्यक्रममा उपाध्यक्षद्वय दीपक शिलवाल, पवन मैनाली, सचिव राजु निरौला, कोषाध्यक्ष ईन्द्र लामा तथा सदस्य रामचन्द्र ओली लगायतले बोलेका थिए । नवनिर्वाचित अध्यक्ष जागृत भट्टराईले फेकोन अन्य शैक्षिक छाता सङगठनसगँ प्रतिस्पर्धा भन्दा पनि सबैले व्यावसायिक प्रतिस्पर्धा गर्न पाउनुपर्ने मान्यतालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा संजय सुवेदीले स्वागत, सुनिल पराजुलीले प्रगति विवरण र बलराम तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.