स्वरुप फेरिएको पालिखेचोक (फोटो फिचरसहित)

पोखरा । पोखराको पालिखेचोकको स्वरुप फेरिएको छ । केही वर्ष अगाडिसम्म अव्यवस्थित तथा पुराना घरहरुले सडक साँघुरो बनाएको मात्रै थिएन उक्त स्थान नै कुरुप देखिन्थ्यो । पोखराको साँघुकोमुखसमेत भनेर चिनिने उक्त स्थान वडा ३, ४ र ९ को संगमस्थल हो ।

अहिले पालिखेचोकको स्वरुप पुरै फेरिएको छ । सडक व्यवस्थित र फराकिलो भएको छ भने बीचमा निर्माण गरिएको आकर्षक बगैंचाले सुन्दरता थपेको छ ।

स्थानीय जग्गा धनीलाई मुआब्जा दिएर बिबाद मिलाएपछि त्यहाँका संरचना भत्काएर पार्क बनाइएको छ । पोखरा महानगरपालिकाको कार्यपालिकाले वडा नं. ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाको संयोजकत्वमा त्यहाँको संरचना हटाउनका लागि जिम्मेवारी दिएको थियो । बास्तोलाको संयोजकत्वमा मुआब्जा वितरणदेखि चोक व्यवस्थित गर्ने काम सम्पन्न भएको हो ।

३२ लाख ५८ हजार ७ सय ९५ रुपैयाँको टेण्डरमा पालिखेचोकको बाटो, क्यारी तथा नाला बनाउने काम भएको छ । अहिलेसम्मको काममा २० लाख ६४ हजार ६ सय २२ रुपैयाँ खर्च भएको वडा अध्यक्ष बास्तोलाले जानकारी दिए । ६३ हजार ३ सय ४२ रुपैयाँ लागतमा बगैंचालाई व्यवस्थित गर्ने काम गरिएको वडा अध्यक्ष बास्तोलाले जानकारी दिए ।

 

Palikhechowk, Pokhara

स्वरुप फेरिएको पालिखेचोक पोखरा ।

Gepostet von Arthik Awaj am Freitag, 5. Juni 2020

यसैबीच उक्त पार्कमा शुक्रबार वृक्षरोपण गरिएको छ । वडा नं. ४ को आयोजनामा गरिएको वृक्षरोपणमा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायत सहभागी थिए । ४७ औं विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गरिएको हो ।

यसरी भएको थियो काम ।
You might also like

Comments are closed.