स्वरोजगारको लागि वडाको प्रयास : पोखरा ६ मा १५ जना दलितलाई कुक तालिम

 

पोखरा, ५ जेठ

मानविय सेवाको क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाको आयोजनामा दलित समुदायलाई लक्षित गरेर कुक सम्बन्धी तालिमको आयोजना गरेको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगत पहारीले अध्यान दिएर सिप सिकेर व्यवहारमा उतार्नुपर्ने वताए । बैदाममा धेरै होटल र रेष्टुरेण्ट भएकाले राम्रोसंग सिप सिकेर आत्मनिर्भर पनि बन्न सकिने उनको भनाई रहेको छ ।
समाजमा रहेको बेरोजगारी समस्या अन्त्य गरि आय आर्जनमा वृद्धि गरेर आत्मनिर्भर बन्नको लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पहारीको छ ।

कार्यक्रममा वडा नं. ६ का वडा सदस्य राममाया विश्वकर्मा, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराई, वडा नं. ६ का वडा सचिव सविता ढुङ्गाना, प्रशिक्षक सन्जीव सुनार, पश्चिमाञ्चल होटल संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले तालिको विषयमा बोलका थिए ।

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका सदस्य तथा कार्यक्रमका संयोजक मंगल बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा बैदाम उपशाखाका सभापति गिरीराज अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन बैदाम उपशाखाका सह—सचिव तुलसी दाहालले गरेकी थिईन् ।

You might also like

Comments are closed.