स्वर्ण बिजेता महर्जनको सरकारलाई आग्रह : युनिभर्सल च्याम्पीयनसीपका लागि सहयोग गरिदिनुस्

सन्देश श्रेष्ठ
पोखरा, ५ माघ

शारिरिक सुगठन प्रतियोगिताका विश्वविजेता महेश्वर महर्जनले आफू युनिभर्सल वडि विल्डिङ च्याम्पीयनसीपमा जान लागेको भन्दै सहयोगका लागि सरकारलाई आग्रह गरेका छन् । पोखराको मेगा जिम पहिलो वर्ष पूरा गरी दोश्रो वर्ष प्रवेश गरेको अवसरमा दशौं वल्र्ड वडी विल्डिङ च्याम्पीयनसीप २०१८ का बिजेता महर्जनलाई शनिबार गरेको नगदसहितको सम्मान ग्रहण गर्दै उनले युनिभर्सल वडि विल्डिङ प्रतियोगिताका लागि खर्च धेरै लाग्ने भन्दै त्यसका लागि सहयोग गर्न सरकारलाई अपिल गरेका हुन् ।

दशौं वल्र्ड वडी विल्डिङ च्याम्पीयनसीपमा जाँदा आफू आफ्नो खर्चमा गएको बताउँदै उनले भने,‘वल्र्ड वडि विल्डिङ च्याम्पीयनसीपका लागि म आफैले खर्च गरेँ, त्यसमा ९÷१० लाख खर्च भयो, तर युनिभर्सल वडि विल्डिङ च्याम्पीयनसीपका लागि ६५÷७० लाख खर्च लाग्छ, मैले एक्लै यति धेरै खर्च गर्न गाह्रो हुन्छ, त्यसैले यसका लागि सहयोग गरिदिन म सरकारलाई आग्रह गर्दछु ।’ उनले युनिभर्सल वडि विल्डिङ च्याम्पीयनसीपमा पनि गोल्ड मेडल जित्ने आफ्नो सपना रहेको र तयारी पुगे त्यो सपना पूरा हुने विश्वास व्यक्त गरे ।

स्वर्ण पदकधारी महर्जनले यो आफू एक्लैको जित नभई सम्पूर्ण शुभ चिन्तक तथा सम्पूर्ण नेपालीको जित भएको बताए । ९ कक्षा पढ्दादेखी नै आफूले शारिरिक सुगठनमा ध्यान दिएको र अहिले २० वर्षपछि त्यसको प्रतिफल पाएको बताए ।

कार्यक्रममा महर्जनलाई नगद २५ हजारसहित दोषल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।  गण्डकी प्रदेशका सांसद द्वय राजिव पहारी र विन्दुकुमार थापाले संयुक्त रुपमा उनलाई सम्मान गरेका थिए ।

You might also like

Comments are closed.