स्वागत गर्न तयारी अवस्थामा छौं

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं महाधिवेशन वैशाख १३ र १४ गते पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुँदैछ । महाधिवेशनका सन्दर्भमा मूल आयोजक समितिका संयोजक बिमला श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

हामी देशभरका लायन्स सदस्यहरुलाई पोखरामा स्वागत गर्न तयारी अवस्थामा छौं । हामी अतिथि देवो भवः भन्ने पवित्र भावनाले न्यानो आतिथ्यता दिएर स्वागत गर्न आतुर छौं । त्यसका लागि हामीले सम्पूर्ण तयारी पूरा गरेका छौं । पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण सहर हो । यहाँको तालतलैयादेखि मनोरम दृश्य र हिम श्रृंखलासँगै संस्कृति देखाउन हामी पर्खिरहेका छौं ।

हामीले लायन्सको कन्भेन्सनलाई पर्यटनसँग पनि जोडेका छौं । यहाँ आउने हरेकले एउटा न एउटा फोटो हाल्दिए भनेपनि करीब ३ हजार लायन्सले हालेको फोटोले पोखरा र यस आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन हुन्छ । त्यसैले हामीले पर्यटन थिममा मञ्च व्यवस्थापन गरेका छौं ।

कन्भेन्सनमा आउने सदस्यहरुलाई हामीले लेकसाइडसहित पोखराका विभिन्न ठाउँका होटलहरुमा बस्ने ब्यबस्था मिलाएका छौं । त्यसबाहेक नजिकका होमस्टेहरुमासमेत लगेर राख्ने हाम्रो प्रयास छ ।

हामी महिलाहरुले मात्र व्यवस्थापन गरेर आयोजना गरेपनि यो कन्भेन्सनलाई हामीले ऐतिहासिक बनाउने प्रयास गरेका छौं । खासमा महिलाले गरेको कन्भेन्सनमा महिला गभर्नरलाई नेपालमै पहिलोपटक स्वागत गर्दैछौं, त्यसैले पनि यो ऐतिहासिक हुँदैछ । व्यवस्थापनमा ३४ वटा क्लबहरुले त्यति नै संख्यामा उप समिति बनाएर काम गरिरहेका छन् । त्यसको नेतृत्व सम्बन्धित क्लबका अध्यक्षहरुले गर्नु भएको छ । त्यसमा अन्य पोखरेली क्लबहरुले पनि सहयोग गरेका छन् । चुनौति त छ, तर हामी यसमा खरो उत्रिएर यसलाई सफल बनाउँछौं ।

You might also like

Comments are closed.