स्वाधिन अर्थतन्त्र मार्फत जनताको आवश्यकता पुरा गर्नेः मुख्यमन्त्री गुरुङ

तनहुँ १ फागुन
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले स्वाधिन अर्थतन्त्रको निर्माण गरि जनताको आधारभुत आवश्यकताहरु पुरा गर्नुपर्ने बताएका छन् । २४औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र तनहुँले बुधबार दमौलीमा आयोजना गरेको ‘जनआन्दोलन, जनयुद्ध र वर्तमान परिस्थिती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले जनताको आधारभुत आवश्यकतासँगै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार परपुर्तीको लागि कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार लाग्नु पर्ने बताए । जनयुद्ध र जनआन्दोलनको बैलमै राजसंस्थाको अन्त्य चर्चा गर्दै उनले जडसुत्रमा रमाएर बस्ने हो भने अहिलेको उपलब्धी पनि खोसिने बताए । नेकपाका स्थायी समितिका सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज समेत रहेका गुरुङले सामन्तबाद विरुद्धको निर्णायक संघर्षमा जनयुद्धको ठुलो भुमिका रहेको बताए । शहीद, वेपत्ता तथा घाईते अपाङ्गहरुले अझैसम्म पनि न्याय नपाएको भन्दै
उनले अव सत्य निरुपण तथा मेलमिलापा आयोग र बेपत्ता छानविन आयोगलाई सफल बनाउनु पर्ने धारणा व्यक्त गरे ।

नेपका गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले जनताको चाहना अनुसार पार्टी एकता भएकाले जनचाहना अनुसार काम गनुपर्ने बताए । “जनताले ठुलो विश्वास गरेर अहिले अवस्थामा पु¥याएको हुन,े जनतालाई छोडे फेरी विश्वास गर्ने छैनन्” । विचारमा बहस गरेर एकतावद्ध भएर अघि बढ्न उनले नेताकार्यकर्ता लाई आग्रह गरे ।  त्यस्तै नेपका केन्द्रिय सदस्य एंव गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले जनयुद्ध जनताको त्याग र उत्सर्जनको अनुपम नमुना भएको बताए । पार्टीको सिद्धान्त र विचारकै आधारमा त्यो उर्जा प्राप्त भएको हो उनले भने । पार्टीएकता प्रक्रियालाई तलैसम्म सबैले जिम्मेवारी पाउने गरी सम्मानजनक ढंगले टुङ्गो लाग्नुपर्ने उनको भनाइ छ ।

संघीयता बलियो बनाउन स्थानीय र प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ उनले भने । त्यस्तै नेपका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले मुलुकमा अस्थिरता कायम गर्न,सरकारलाई गति लिन नदिन पनि र कमजोर सावित गर्न पनि सरकारको नकारात्मक आलोचना हुने गरेको बताए । त्यस्तै केन्द्रिय सदस्य एक बहादुर राना, केन्द्रीय लेखा आयोगका सदस्य विद्या ढकाल लगायतले वैचारिक एकता, विधि र मापदण्ड अनुसार जिल्लास्तरसम्मै पार्टी एकता टुङ्गो लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रम नेकपा तनहुँका अध्यक्ष राजेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला संयन्त्र सदस्य श्रीप्रसाद श्रेष्ठले गरेका थिए ।

You might also like

Comments are closed.