हङकङको रिम्याक्स कम्पनीका प्रडक्ट घटस्थापनाबाट पोखरामा बिक्री हुने

आर्थिक आवाज
पोखरा । हङकङको रिम्याक्स कम्पनीका उत्पादन पोखरामा बिक्री सुरु हुने भएको छ । यस क्षेत्रको आधिकारिक बिक्रेता काउब्रोस भेन्चरले रिम्याक्स ब्राण्डलाई पोखरा भित्र्याएको हो । रिम्याक्सका लागि नेपालको आधिकारिक बिक्रेता रिम्याक्स नेपाल हो । रिक्याक्सको पोखरा शोरुम न्युरोडस्थित अरबिन्द कम्प्लेसमा राखिएको भेन्चरका प्रवन्ध निर्देशक सुजन जोशीले जानकारी दिए ।

रिम्याक्सका ग्याजेट र एसोसरिजहरु बिक्री गरिने जोशीले बताए । रिम्याक्सका प्रडक्टहरु ल्यापटप, स्पिकर, हेडफोन, हियरफोन, पावरबैंक, मोबाइल कभर, क्यामरा, डाटा केबल, युएसबी मल्टिप्लक, व्याग, पेनड्राइभ, मोबाइल चार्जर, माइक्रोफोन लगायतका प्रडक्टहरु लोकप्रिय छन् ।

रिम्याक्स हङकङको विश्वप्रशिद्ध कम्पनी हो । रिम्याक्सका प्रडक्टहरु ७० भन्दा बढी देशमा बिक्री भइरहेको छ । ‘रिम्याक्सका सम्पूर्ण प्रडक्टहरु गुणस्तरीय छन्,’ उनले भने, ‘वारेन्टीको व्यवस्था पनि छ ।’ सस्तो मूल्यमा उच्च क्वालिटीका प्रडक्टहरु नेपाली बजारमा भित्रिएकाले रिम्याक्सका सामानहरु प्रति उपभोक्ताको आकर्षण देखिएको कम्पनीको दावी छ । वारेन्टी भएका सामानहरु बिग्रिएमा सट्टामा नयाँ सामान उपलब्ध गराइने जोशीले जानकारी दिए ।

रिम्याक्सका सामानहरुको शोरुम काठमाडौंको सिभिल मल, लविम मल र छाया कम्प्लेसमा सुरु भइसकेको छ । काठमाडौं बाहिर पहिलो पटक पोखरामा शोरुम खोलिएको हो । नेपालमा बिगत एक वर्षदेखि बिक्री सुरुवात भएको रिम्याक्स ब्राण्डलाई देशभर विस्तार गर्न लागिएको छ । काठमाडौंमा रिम्याक्स ब्राण्डले उपभोक्ताको विश्वास जितेपछि देशभर शोरुम बिस्तार गर्ने अभियानमा अगाडि बढेको कम्प्पनीले जनाएको छ ।

You might also like

Comments are closed.