हरपलका तारामान बडिमालिकाको अध्यक्षमा निर्वाचित

पोखरा, ४ चैत । लायन्स क्लब अफ काठमाडौं बडिमालिकाको अध्यक्षमा युवा व्यवसायी तारामान धामी निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले हरपल फुड्स प्रालिका प्रवन्धक समेत रहेका धामीलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।

लायन वर्ष २०१८÷१९ का लागि धामी अध्यक्ष चयन भएका हुन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ नेपाल अन्तर्गतका एभ्रेष्ट सोसियल ग्रुपमा आबद्ध ७ वटा क्लबहरुको संयुक्त बैठककै अवसरमा क्लबको अधिवेशन सम्पन्न भएको हो ।

डिष्ट्रिक्टका सिनियर एडभाइजर अमरबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । आफ्नो कार्यकालमा सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्ने धामीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.