हरपलको १३ वर्षे नेपाल यात्रा

आर्थिक आवाज/पोखरा । हरपल चामल नेपालमा बिक्री शुरुवात भएको करिब १३ वर्ष पुगेको छ । नेपालको आधिकारिक बिक्रेता हरपल फुड्स प्रालिले नेपालमा हरपल चामलको बिक्री वितरण गर्दै आइरहेको छ । भारतमा ५० वर्षदेखि उत्पादन हुँदै आइरहेको हरपल ब्राण्डको चामल नेपालमा १३ वर्ष अगाडिदेखि बिक्री हुँदै आइरहेको हो ।

खाडी मुलुक, अमेरिका र युरोप गरी करिब दुई दर्जन राष्ट्रमा उपलब्ध गराइरहेको ग्यालेक्सी ब्राण्डका हरपल चामलहरु नेपाली बजारमा लोकप्रिय रहेको धामीको दावी छ । हाल काठमाडौं लगायत पोखरा, भैरहवा, नारायणगढ, हेटौंडा, दमौली, मलेखु लगायत देशभरका मुख्य बजार क्षेत्रमा हरपल चामल उपलब्ध रहेको धामीले जानकारी दिए । प्रालिले आगामी दिनमा थप बजार बिस्तार गर्ने लक्ष्य लिएको धामीले बताए । ‘नेपालका सबै क्षेत्रबाट हरपल चामल बिक्री गर्नेछौं,’ उनले भने ।

नेपाली बजारमा उपभोक्ताको माग अनुसार हरपल फुड्सले हरपल ब्राण्डका चामलको स्तरीयतामा निरन्तर सुधार गर्दै आइरहेको प्रालिका अध्यक्ष जनकबहादुर धामीले बताए । ‘बजारको माग र उपभोक्ताको चाहना अनुसारको उत्पादन उपभोक्तामाझ पु¥याउन सफल छौं,’ उनले भने, ‘लामो समयको व्यवसायिक अनुभवले पनि बजारको माग सम्बोधन गर्न सिकाएको छ ।’ काठमाडौं बाहिर करिब एक सय वटा डिलर मार्फत बिक्री हुँदै आइरहेको हरपल चामलका डिलर पोखरामा मात्र करिब ५० वटा छन् । ‘हरपल ब्राण्डको चामल पोखरा क्षेत्रमा निकै लोकप्रिय छ,’ उनले भने ।

हरपल ब्राण्डका चामल अन्तर्गत हरपल रिच राइस २० केजी र ५ केजी, हरपल उसिना २० र ५ केजी साथै ग्यालेक्सी जम्बो बास्मती चामल ५ केजीको प्याकमा नेपाली बजारमा उपलब्ध छ । बजारको माग र उपभोक्ता रोजाई अनुसार वर्षेनी हरपल ब्राण्डका चामलको गुणस्तरमा सुधार हुँदै गइरहेको कम्पनीको दावी छ ।

You might also like

Comments are closed.