हरपल ब्राण्डले उपभोक्ताको विश्वास जितेको छः धामी

तारामान धामी
प्रवन्धक, हरपल फुड्स प्रालि

 

हरपल ब्राण्डका चामल नेपाली बजारमा बिगत १३ वर्षदेखि बिक्री भइरहेको छ । भारतको हरियानामा उत्पादित हरपल चामल नेपाली बजारमा लोकप्रिय रहेको कम्पनीको दावी छ । नेपालका मुख्य बजारहरुमा लोकप्रिय हरपल ब्राण्डलाई नेपालमा हरपल फुड्स प्रालिले बिक्री गर्दै आइरहेको छ । नेपालमा हरपल चामलको बिक्री, उपभोक्ताको प्रतिक्रिया, चामलका विशेषता लगायत विविध विषयमा प्रालिका प्रवन्धक तारामान धामीसँग आर्थिक आवाजका लागि गरिएको कुराकानीः

नेपालमा कहिलेबाट हरपल चामल बिक्री भइरहेको छ ?
नेपालमा सन् २००५ देखि हरपल चामल बिक्री भइरहेको छ । भारतको हरियानामा उत्पादित चामल नेपाली बजारमा निकै लोकप्रिय छ । ग्यालेक्सी ब्राण्ड अन्तर्गतको हरपल चामल नेपाल भारत लगायत संसारभरका २३ वटा राष्ट्रहरुमा बिक्री भइरहेको छ । विशेषगरी युरोप र खाडी मुलुकहरुमा बढी बिक्री हुँदै आइरहेको यो चामल नेपाली उपभोक्ताको विश्वास जित्न पनि सफल छ ।

हरपल चामल कुनकुन ब्राण्डमा उपलब्ध छ ?
हरपल ब्राण्डका चामल अन्तर्गत हरपल रिच राइस २० केजी र ५ केजी, हरपल उसिना २० र ५ केजी साथै ग्यालेक्सी जम्बो बास्मती चामल ५ केजीको प्याकमा नेपाली बजारमा उपलब्ध छ । साथै बजारको माग र उपभोक्ता रोजाई अनुसार वर्षेनी हरपल ब्राण्डका चामलको गुणस्तरमा सुधार हुँदै गइरहेको छ ।

देशभर र पोखरामा हरपल ब्राण्डका चामलको बिक्री कस्तो छ ?
मुख्य बजार हाम्रो राजधानी काठमाडौं हो । त्यसपछि क्रमशः पोखरा, भैरहवा, बुटवल, नारायणगढ, हेटौंडा, इटहरी, नेपालगञ्ज, महेन्द्रनगरसम्म पुगेको छ । मुख्य सबै सहरहरुमा यो चामलको बिक्री राम्रो छ । उपभोक्ताबाट प्राप्त प्रतिक्रिया पनि निकै सकारात्मक छ । आगामी दिनमा बजारलाई अझ बढी बिस्तार गर्ने तयारी भइरहेको छ । विशेषगरी पोखरामा थकाली भान्छाघर, होटल, रेस्टुरेन्ट, क्याटरिङ व्यवसायी, थोक तथा खुद्रा व्यवसायी लगायत उपभोक्ताहरुले हरपल ब्राण्डका चामलहरुलाई मुख्य रोजाई बनाउनुभएको छ । निरन्तर उहाँहरुबाट प्राप्त माया र सहयोगका लागि हामी आभारी छौं । हामी उत्साही छौं र आगामी दिनमा उहाँहरुको सहयोग, सदभाव र मायाका लागि आफ्नो गुणस्तरलाई अझै सुधार गर्दै लग्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

हरपल चामलका विशेषता के–के हुन् ?
मुख्य क्वालिटी राम्रो छ । मूल्यमा एक रुपता छ । बिगत १३ वर्षदेखि नेपाली बजारमा उपलब्ध छ । खाने क्रममा स्वादिलो भएकाले धेरैले मन पराउँदै आउनुभएको छ । एक पटक हरपल चामल उपभोग गरिसकेपछि यही चामललाई निरन्तरता दिइरहेको हामी पाउँछौं । उपभोक्ताको प्रमुख रोजाईमा परेको यो चामल क्याटरिङ व्यवसायीहरुको पनि प्रमुख रोजाईमा पर्दै आइरहेको छ । थकाली भान्छाघर, रेष्टुरेन्ट, होटल लगायत क्षेत्रमा पनि हरपल चामल प्रमुख रोजाईमा पर्दै आइरहेको छ ।

हरपल ग्रुपले हरपल ब्राण्डका चामल बाहेक पोखरामा कुन कुन ब्राण्ड बिक्री गर्दै आइरहेको छ ?
मुख्य प्राथमिकतामा हामीले हरपल ब्राण्डका चामललाई दिँदै आइरहेका छौं । हरपल चामलका साथै हामीले पोखरा क्षेत्रलाई मुख्य प्राथमिकता दिँदै सोनम जिरा चामलमा दीपम ब्राण्ड बिगत २ वर्षदेखि बिक्री वितरण गर्दै आइरहेका छौं । उक्त ब्राण्ड पनि पोखरा क्षेत्रमा उपभोक्ताको पहिलो रोजाईमा पर्न सफल छ ।

ग्राहकबाट प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
बजारमा धेरै ब्राण्डहरु आइरहेपनि अन्य ब्राण्डहरुको दीर्घकालीन टिकाउ तथा निरन्तरता देखिँदैन । क्वालिटी र मूल्यमा समेत अन्य ब्राण्डमा एक रुपता नभएकाले अन्य ब्राण्डको तुलनामा हरपल ब्राण्ड धेरै उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ । हरपलका उपभोक्ताहरुले आफू पूर्ण सन्तुष्ट भएको र निरन्तर रुपमा यही चामल प्रयोग गर्ने प्रतिक्रिया दिँदै आउनुभएको छ । उपभोक्ताको सकारात्मक प्रतिक्रियाबाट हामी उत्साही भएका छौं ।

बजार बिस्तारको आगामी रणनीति के छ ?
मुख्य बजारहरुमा हरपल चामलको माग बढ्दो छ । हामीले बजार बिस्तारलाई भन्दा उपभोक्ता चाहना अनुसार वर्षेनी गुणस्तरमा सुधार गर्र्दै उपभोक्तामुखी उत्पादन बजारमा पु¥याउन खोजिरहेका छौं । गुणस्तरमा कमी नल्याएपछि बजार बिस्तार स्वत हुँदै जाने हामीले महसुस गरेका छौं ।

कहिलेदेखि व्यावसायिक क्षेत्रमा लाग्नुभयो ?
बिगत करिब १३ वर्षदेखि म व्यवसायिक क्षेत्रमा आबद्ध छु । व्यवसायको क्षेत्रमा पोखराबाट नै मेरो करियर सुरु भएको हो । विभिन्न व्यवसायिक क्षेत्रमा आबद्ध हुँदाहुँदै बिगत ९ वर्षदेखि हरपल चामलको प्रवन्धकको रुपमा आबद्ध हुँदै आइरहेको छु ।

पोखरामा आयोजित व्यापार मेलामा सहभागिता किन ?
निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा हामी बिगत ३ वर्षदेखि सहकार्य गर्दै आइरहेका छौं । ब्राण्ड प्रवद्र्धन गर्ने संघसँग सहकार्य गर्ने दुवै लक्ष्यले हामी मेलामा सहभागी छौं । मेलालाई हामीले प्रायोजन पनि गरेका छौं ।

You might also like

Comments are closed.