हराएका बाटोहरु खोज्दै पोखराका पत्रकार महिला

पोखरा, २२ वैशाख

भूइमा लचक्क भिजेका पतिङगर, न कूनै पैतालाका डोब, न कुनै डोर्याठो । काँडाले जेलिएर, झाडी ले ढपक्कै ढाकेको, र्बषौ देखि मानिस नहिडे जस्तो पैदल मार्गमा शनिबार बिहानै पोखरेली पत्रकार महिलाहरु पूगे । बाटो खोज्दै अघि बढ्ने क्रममा कोही झाडी पन्छाउदै हिडे त कोही काँडा घारी छिचोल्दै अघि बढे ।

prime

पहिला मानिसहरुले प्रयोग गरेका तर हाल प्रयोग गर्न छोडेका बाटोहरु खोज्दै पत्रकार महिलाहरु पोखराको खहरे, मेथलाङ हूदै सराङकोट पूगेका हून् । जैबिक बिबिधता,भौगोलिक बिबिधता ,ताल र हिमाल को सून्दर दृष्य अबलोकन गर्दे पत्रकार महिलाको समूह ले करिब ८ किलोमिटर लस्ट ट्रेल हाइकिङ गरेको पदमार्ग समितिका निर्बतमान अध्यक्ष बिष्णूहरी शर्मा ले बताए ।

नेपाल पर्यटन बोर्ड प्रदेश नम्बर ४ प्रमूख सूर्य थपलियाले पोखरा आसपासमा १२ भन्दा बढी लस्ट ट्र«ेल रहेको जानकारी दिदै यस्ता कार्यक्रमले पर्यटन प्रर्बधनमा सकरात्मक प्रभाब पार्ने र हराएका ट्र«ेलको खोजी गरी नयाँ गन्तब्य को बिकास गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । क्रियाशील पत्रकार महिला कास्की को संयोजन तथा नेपाल पर्यटन बोर्ड को सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा दुइ दर्जन बढी पोखराका बिभिन्न संचार माध्यममा क्रियाशिल पत्रकार महिलाहरुको सहभागीता रहेको क्रियाशील पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी ले जानकारी दिइन ।कार्यक्रम प्रभाबकारी भएको र आगामी दिनमा पनि पर्यटन बोर्ड संग को सहकार्यमा नेपालका बिभिन्न ठाँउमा पत्रकार महिलाहरुलाइ अबलोक भ्रमण गराइने योजना रहेको क्रियाशिल पत्रकार महिला का केन्द्रिय सदस्य एबं वान का महासचिब दुर्गा अधिकारी ले बताइन ।

You might also like

Comments are closed.