हरिदेवी कोइराला गण्डकी नारी सम्मान २०७७ बाट सम्मानित

पोखरा ।

विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोक गायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान –२०७७ बाट सम्मान गरेको छ ।

बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर नगद २५ हजार सहित सम्मान गरिएको क्लबका अध्यक्ष हिरा भट्टराईले जानकारी दिईन् । “अहिलेको अवस्थामा जमघट गरेर कार्यक्रम गर्न सम्भव भएन, त्यसैले क्लबका सदस्य र लिडरहरुको भर्चुअल उपस्थितिमा सम्मान गरेका हौँ ।” उनले क्लबको सातौं सम्मान रहेको र हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याएका एक महिलालाई नगद सहित सम्मान गर्दै आएको जानकारी दिईन् ।

सम्मान कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ का गर्भनर इन्दु लम्सालले समय परिस्थिति अनुकुल नहुँदा पनि प्रविधिको प्रयोगमार्फत निरन्तरता दिएर सम्मान कार्यक्रम गर्नु सह्रानीय भएको बताईन् । शब्दद्धारा सम्मान व्यक्त गर्दै उनले लोक गायिका कोइरालाले नेपाली लोक संस्कृतिको विकासमा पु¥याएको योगदानको चर्चा गरिन् ।

पूर्व गर्भनर धनराज आचार्यले समाजको हरेक गतिविधिमा सक्रिय महिला क्लबले कोरोना बीच पनि फरक ढङ्गले सम्मान कार्यक्रम गरी उदाहरणीय कार्य गरेको बताए ।

सम्मानित लोक गायिका कोइरालाले कोरोना बीचको सम्मान जीवनकालको विल्कुल फरक र अविस्मरणीय रहेको धारणा राखिन् । सम्मानले लोक संस्कृति विकासमा निरन्तर लाग्ने प्रेरणा मिलेको उनकोे भनाइ थियो ।

क्लबका ५५ जना सदस्य र आमन्त्रित व्यत्तित्व सहित भर्चुअल कार्यक्रममा को चिफ एडभाइजर सुचित्रा थापा, लायन इन्दिरा बराल, शारदा पराजुली, साधना चालिसे लगायतले सम्मानित व्यक्तिलाई शुभकामना दिएका थिए ।

You might also like

Comments are closed.