हवाई सेवा संचालन गर्ने निर्णयको स्वागत

पोखरा, ९ पुस : पोखराबाट बाराको सिमरा र मनाङको हुम्दे विमानस्थल सम्म सिधा हवाई सेवा प्रदान गर्न गण्डकी प्रदेश सरकारले गरेको पहलको पश्चिमाञ्चल होटल संघ पोखराले हार्दिक स्वागत गरेको छ । बाराबाट आएका व्यवसायी तथा सरकारी अधिकारीहरुको टोलीसँग गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले गरेको छलफलको क्रममा पोखरालाई ती दुई क्षेत्रसँग जोड्ने निर्णय पर्यटन प्रबद्र्धनका हिसावले समेत स्वागतयोग्य भएको संघका अध्यक्ष विकल तुलाचनले बताएका छन् ।
jutta mela
पुस २४ देखि हुम्दे विमानस्थल र माघ १५ सँगै सिमरा विमानस्थलसँग पोखराबाट हवाई सेवा जोडिन लागेको तुलाचनले सुनाए । गण्डकी प्रदेश सरकारले समेत चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटकीय पोखरालाई सात वटै प्रदेशसँग हवाई सेवा मार्फत जोड्ने विषय समेटेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी र गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रीले जनप्रतिनिधिसँग बसेर गरेको छलफलमा उल्लेखित दुई विमानस्थल सम्म हवाई सेवा पोखराबाट संचालन गर्ने निर्णय गरेका थिए । संघका अध्यक्ष तुलाचनले झापाको भद्रपुर र नेपालगंजबाट समेत पोखरालाई सिधा हवाई सेवा मार्फत् जोड्न सरकारसँग माग गरेका छन् । बढी भन्दा बढी आन्तरिक उडान तथा भारतका केही मुख्य शहरसम्म हवाई सेवा मार्फत पोखरालाई जोड्न सके सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा टेवा पुग्ने उनले सुनाए ।
You might also like

Comments are closed.