हस्तकलाका सामानमा आकर्षण छः खड्का

रामकली खड्का
संयोजक
नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश ४ महिला उद्यमी उपसमिति

महिलाले आफ्नो सीपबाट निर्माण गरेका सामग्री प्रदर्शनी तथा बिक्रीको लागि मेलाको आयोजना गरिएको हो । यसले महिलाको सीपको पनि पहिचान हुन्छ । महिलालाई स्वरोजगार बनाउन पनि यसले प्रेरणा प्रदान गर्छ । महिला उद्यमीको सीप देखेर घरमा मात्र बस्ने महिलाहरु उत्प्रेरित हुन्छन् र सीप सिक्छन् भन्ने मलाई लाग्छ ।

गाउँघरमा पाइने कच्चा पदार्थ तथा स्थानीय सामानको प्रयोग गरेर आकर्षक सजावटका साथै अन्य विभिन्न सामान बनाउन सकिन्छ । हस्तकलाका सामान नेपालमा भन्दा विदेशमा लोकप्रीय बनेका छन् । विदेशी पर्यटकले यस्ता सामान किनेर विदेश लाने गर्दछन् । यसले हाम्रो आय पनि बढ्छ । देशमा विदेशी मुद्रा आर्जन हुन्छ ।

विभिन्न समयमा विभिन्न स्थानमा भएका मेलामा हामीले तयार पारेका सामान प्रदर्शनी गरेका छौं । मेला भनेको आफ्नो उत्पादनको बारेमा जानकारी दिने स्थल हो । मैले विभिन्न देशमा गएर नेपाली हस्तकलाको सामान प्रदर्शनी गरेको छु । मेलामा आएका मानिसले जानकारीको आधारमा इमेल, इन्टरनेट मार्फत हामीलाई खोजेको मैले पाएको छु । त्यहाँ लिएको जानकारीबाट पनि मानिसहरु इमेल तथा इन्टरनेटमार्फत हामीसँग जोडिन्छन् । यस्ता सामानले सबैको मन जित्न सफल भएका छन् । घर सजावट आकर्षक सामानका साथै महिलाको श्रृंगारका सामान तथा घरायसी सामान स्थानीय कच्चा पदार्थद्वारा बनाउन सकिन्छ ।

हस्तकलाका सामानको आकर्षण दिन प्रतिदिन बढिरहेको छ । सामान उत्पादन गर्दा गुणस्तरीय सामान उत्पादन गर्नुपर्छ । जुन सामान प्रति आकर्षण धेरै छ त्यस्ता सामान बनाउनुपर्छ । माग अनुसारको सामान उत्पादन गर्न सकेमा व्यवसाय सञ्चालनमा सहज हुन्छ ।

हस्ताकलाको क्षेत्रमा धेरै सम्भावना देखेर म लागेको हुँ । महिलामा सीपको विकास गरी आत्मनिर्भर बनाउन पनि यस्ता व्यवसायले सहयोग गर्दछन् । सीप विकास केन्द्रमा धेरै महिलाले काम गर्नु भएको छ । आफ्नो सीपको प्रयोग गरेर विभिन्न सामान बनाउने गरेका छौं ।

व्यवसाय प्रवद्र्धनमा सरकारले ध्यान दिनु जरुरी छ । बेरोजगारी हटाउने नारा सरकारको छ तर काम भने खासै गरेको अवस्था छैन । महिलाले सञ्चालन गरेका व्यवसायलाई प्रोत्साहनको लागि विभिन्न कार्यक्रम सरकारले ल्याउन्ु जरुरी छ । यस्ता व्यवसायले उद्यमशीलताको विकाससँगै बेरोजगार हटाउन पनि सहयोग गरेका छन् ।

पोखरामा अहिले महिला उद्यमशीलता बढिरहेको छ । महिलाहरु विभिन्न समूह बनाएर सीप सिक्ने क्रम बढेको छ । महिलाले जलकुम्भी, सिस्नो ऊन, रेसमी धागो लगायत स्थानीयस्तरमा पाइने कच्चा पदार्थबाट सामान बनाउन थालेका छन् ।

कुराकानीमा आधारित

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...