‘हस्पिटालिटी कन्टेस्टका प्रतिस्पर्धीले सिके ‘बारिष्टा’

पोखरा, २७ माघ ।

हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजन अन्तरगत देशव्यापी छनौट भएका प्रतिस्पर्धीहरुले विभिन्न प्रशिक्षणहरु लिईरहेका छन् । आयोजक एपी इन्टरटेनमेन्टले प्रतिस्पर्धीहरुका लागि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित विविध प्राविधिक तथा व्यवहारिक प्रशिक्षणहरुको व्यवस्था गरिएको जनाएको छ ।

यसैबीच कन्टेस्टका प्रतिस्पर्धीहरुले डाँफे होटलको तर्फबाट बारिस्टा ट्रेनिङ लिएका छन् । प्रशिक्षणमा सहभागी प्रतिस्पर्धीहरुले कफिको बारेमा जानकारी लिनुका साथै ‘कसरी कफि बनाउने ?’ भन्ने विषयमा सिकेका थिए । डाँफे होटल ट्रेनिङ सेन्टरका तर्फबाट नबिन गुरुङले प्रतिस्पर्धीहरुलाई ‘कफि मेकिङ’सिकाएका थिए । प्रतिस्पर्धीहरुले बेसिक कफि मेकिङ, एक्सप्रेसो,अमेरिकानो, क्यापाचिनो जस्ता स्वादका कफि बनाएका थिए ।

‘हामीले सामान्यतया प्रतिस्पर्धीहरुलाई हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित जीवनोपयोगी स्किलहरु प्रशिक्षणको क्रममा सिकाउँदैछौँ ।’ एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने–‘यो इभेन्टमा सहभागी प्रतिस्पर्धीहरुलाई दिईने प्रशिक्षणले उनीहरुको पुरै जीवन कालभरि नै दक्ष भएर काम गर्न सहयोग पु¥याउनेछ ।’

डाँफे होटल ट्रेनिङ सेन्टरले आगामीशनिबार पनिप्रतिस्पर्धीहरुलाई कफि मेकिङ सम्बन्धितालिमदिने जनाएको छ । चिप्लेढुंगास्थित यो ट्रेनिङ सेन्टरमा कुक, बार टेन्डर, वेटर, हाउस किपिङ जस्ता प्रशिक्षणहरु दिईन्छ ।

विभिन्न चरणको अडिसन पश्चातफाइनलकालागि देशभरबाट २५ जनाप्रतियोगीहरु छनौट गरिने आयोजकले जनाएको छ । प्रतियोगितामाप्रथमहुनेले थाइल्याण्ड अथवादुबईको भ्रमण प्याकेज प्राप्तगर्नेछन् । त्योसँगै नगद पुरस्कार र अन्यविभिन्नअवसरहरु आयोजकको तर्फबाट पाउने बताईएको छ ।

You might also like

Comments are closed.