पोखरा । चौथो संस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’ स्पेसल अडिसन फर भिजिट नेपाल २०२० को अडिसन शनिबार हुने भएको छ । अडिसन पोखरा चिप्लेढुङ्गास्थित क्लाउड नाइन रेष्ट्रोमा हुने आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले जानकारी दिए ।
देशव्यापी आवेदन आह्वान गरेको कार्यक्रममा पोखरासँगै आसपासका अन्य जिल्लाका सहभागीहरु पनि अडिसनमा सहभागी हुँदैछन् । विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट ३० जना प्रतियोगीहरु छनौट गरिने कन्टेस्टका कार्यक्रम सँयोजक संगम रेग्मीले बताए ।
अडिसनमार्फत छनौट भएका प्रतिस्पर्धीहरुलाई हस्पिटालिटी क्षेत्रका विज्ञहरुले बन्द प्रशिक्षण दिने कार्यक्रम संयोजक रेग्मीको भनाइ छ । प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।
कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले भ्रमण २०२० लक्षित आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु दिईने आयोजकले बताएको छ ।




Comments are closed.