‘हाइरेन्जका कम्प्युटर, ल्यापटपका लागि कस्मिक’

पोखराको न्युरोडमा बिगत ६ वर्षदेखि कस्मिक कम्प्युटिङ सलुसन्स सञ्चालनमा छ । हाइरेन्जका कम्प्युटर तथा ल्यापटप सहित सूचना तथा प्रविधिका सामानहरु बिक्री गर्दै आइरहेको कस्मिकले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको सञ्चालक पुरुषोत्तम कुवँर बताउँछन् । कस्मिकका विशेषता, हाइरेन्ज सामानको माग लगायत विविध विषयमा सञ्चालक कुवँरसँग आर्थिक आवाजले गरेको कुराकानीः

सूचना प्रविधिको व्यवसायमा कहिलेदेखि आबद्ध हुनुभयो ?
म बिगत १२ वर्षदेखि यो व्यवसायमा जोडिएको छु । ५÷६ वर्ष प्राइभेट अर्गनाइजेसनमा काम गरेँ । त्यसपछि बिगत ६ वर्षदेखि पोखराको न्युरोडमा कस्मिक कम्प्युटिङ सलुसन्स सुरु गरेको हुँ ।

कस्मिक कम्प्युटिङ सोलुसन नै किन ?
कर्पोरेट र हाइरेन्ज गेमिङ सेगमेन्टलाई हामीले प्राथमिकतामा राखेका छौं । पोखरामा हाइ रेन्जको कम्प्युटर तथा ल्यापटप चलाउन चाहनेको संख्या धेरै छ । कस्मिक भन्दा अगाडि पोखरामा हाइरेन्जको कम्प्युटर ल्यापटपका लागि काठमाडौंमा निर्भर हुने अवस्था थियो । तपाईं राम्रो ग्राफिक डिजाइनर, मुभी इडिटर हो, भिडियोमा खेल्न चाहनुहुन्छ, राम्रो प्रोजेक्ट बनाउनुहुन्छ, फिल्म मेकर हो, डकुमेन्ट्री बनाउनुहुन्छ, एनिमेसनको राम्रो विद्यार्थी हो भने तपाईंलाई चाहिने कम्प्युटरमा बजारमा पाइने सस्तो कम्प्युटर फरक हुन्छ । त्यही ग्यापलाई पुरा गर्नका लागि हामी बजारमा उपस्थित भएका हौं । प्रोफेसनल तथा हाइरेन्जको र भ्यालुएडेड सिरिजहरु हामीले बजारमा सुरु ग¥यौं । पोखराका धेरै व्यावसायिक प्रतिष्ठानहरु हाम्रो ग्राहक हुनुहुन्छ । व्यावसायिक प्रतिष्ठानहरुको रिक्वायरमेन्ट अनुसारका सामान हामीले उपलव्ध गराउछौं ।

यो व्यवसायका लागि पोखरामा बजार अवस्था कस्तो छ ?
पोखरामा मार्केट राम्रो छ । अपग्रेडिङ भइरहेको छ । हाई रेन्जको कम्प्युटर तथा ल्यापटपको डिमाण्ड बढिरहेको छ । एडभान्स लेभलको काम गर्न चाहनेको लागि सामान पनि त्यसै अनुशार चाहिन्छ । त्यस्ता रिक्वायरमेन्ट हामीले पुरा गरिरहेका छौं । पछि सम्मको भविष्य हेरेर काम गर्न चाहनेले कस्मिक रोज्नुहुन्छ ।

एमएसआई कस्तो ब्राण्ड हो ?
एमएसआई ताइवानको ब्राण्ड हो । एमएसआई प्रशिद्ध ब्राण्डको रुपमा स्थापित भएको छ । यसले हामीलाई पनि चिनाएको छ । हामी यसको अथोराइज्ड डिलर हो । हामी ग्राहकको विश्वास जित्न सफल छौं । यससँगै हामीले विश्वप्रसिद्ध अन्य ब्राण्ड पनि राखेका छौं । डेल, लेनोभो लगायतका ब्राण्डको पनि हामी पोखरामा राम्रो बिक्रेता हौं । एउटा ब्राण्डले मात्र पोखराको बजारमा गाह्रो छ । धेरै काम गर्छौं, तर फोकस हाइरेन्जको कम्प्युटर नै हो ।

बिक्रीसँगै अन्य सेवा कसरी प्रदान गरिरहनुभएको छ?
हामी सोलुसन प्रोभाइडर पनि हौं । अफिस अटोमेसन तथा डिनाइन पनि गर्छौं । कस्तो कम्प्युटर चाहिन्छ, कुन प्रिन्टर प्रयोग गर्ने, नेटवर्किङ कस्तो हुन्छ, कस्तो नेटवर्क चलाउने, क्यामरा कसरी राख्ने लगायतका कुरा हामी आवश्यकता अनुसार सिकाउछौं । देशका विभिन्न स्थानमा सामान पुग्छन् । शोरुम बिजनेस पोखरा वरपर छ भने कर्पोरेट बिजनेस नेपाल भर छ । पूूर्वदेखि पश्चिमसम्म सामान जाने गरेका छन् । काठमाडौंसँग कोअर्डिनेसन गरेर काम गर्छौं ।

व्यवसाय संचालन गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
सूचना प्रविधिको बजार बढिरहेको छ । यसमा व्यवसायी समयअनुसार अपडेट हुनु जरुरी छ । बजार फस्टाएको छ, तर जुन स्तरमा लेभल बढ्नुपर्ने हो त्यो भएको छैन । ग्राहकले पनि मूल्यमा मात्र नभई गुणस्तरमा पनि ध्यान दिनुपर्छ ।

बिक्री पछिको सेवा कस्तो छ ?
बिक्री पछिको सेवामा हामी सिरियस छौं । हामीसँग १२ जनाभन्दा धेरैको फुल टाइमर टेक्निकल टिम छ । पार्टटाइमर पनि हुनुहुन्छ । पोखरा भित्र सबै ठाउँमा हाम्रा स्टाफहरु पुगेका छन् । पोखरा बाहिर अन्य जिल्लामा काम गर्दा हामी त्यहाँको च्यानल प्रयोग गछौं । देशभरी नै सेवा दिन हामी सक्षम छौं ।

बजारमा प्रतिश्पर्धा कस्तो छ ?
अहिले बजारमा व्यावसायिक प्रतिश्पर्धा धेरै छ । व्यवसायी बढिरहेको अवस्था छ । पोखराका धेरै मानिस विदेशसँग पनि जोडिएका छन् । विदेशबाट सिधै सामान ल्याउने क्रम पनि बढेको छ । सबै कुरा व्यवस्थित बनाएर काम गर्ने हो भने अवसर पनि छ ।

पोखरामा आयोजित दसौं संस्करणको क्यान इन्फोटेकमा हामीले केकस्ता सामान राख्छौं ?
इन्फोटेकमा हामीले एमएसआई ब्राण्डका नवीनतम उत्पादनहरु बिक्री तथा प्रदर्शनीमा राख्दैछौं । जस्तै आरटिएक्स सिरिजका २०७०, २०८० ग्राफिक्स कार्ड, इन्टेल नाइन्थ जेनेरेसन कोर आइनाइन, टप सिरिजको प्रोसेसरयुक्त कम्प्युटर बिक्री तथा प्रदर्शनीमा राख्दैछौं । डिजाइनर तथा फोटोग्राफरहरुका लागि आवश्यक मोनिटरहरु, बेना बेन्क्यु कम्पनीको फोरके रिजोलुसनयुक्त प्रोजेक्टर, मोनिटर पनि राखिनेछ । अडाटा कम्पनीका एसएसडी एक्स्टर्नल र इन्टर्नल हार्डड्राइभ, टिम ग्रुपको ओर्जिनियल पेनड्राइभ, व्यावसायिक प्रयोजनका लागि हाइरेन्जका कम्प्युटर तथा ल्यापटपहरु क्यान इन्फोटेकमा रहनेछ । फागुन २० देखि २५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकका अवसरमा हामीले विशेष छुटमा सेवा प्रदान गर्दैछौं ।

You might also like

Comments are closed.