‘हामीले दिने सेवाकै कारण विद्यार्थीहरु ह्यूस्टन खोज्दै आउँछन्’

बिगत ३ वर्षदेखि पोखराको चिप्लेढुङगामा ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसन एण्ड करियर काउन्सिलिङ सञ्चालनमा छ । सन् २०१५ देखि सञ्चालित ह्युस्टनले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त ह्युस्टनका विशेषता, प्रदान गरिने सेवा लगायत विविध विषयमा केन्द्रित रहेर प्रवन्ध निर्देशक पवित्रा थापा मगरसँग आर्थिक आवाजले गरेको कुराकानीः

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसन एण्ड करियर काउन्सिलिङ कस्तो संस्था हो ?
ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसन एण्ड करियर काउन्सिलिङ उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी तथा तिनका अभिभावकलाई शैक्षिक परामर्श दिने एजुकेसन कन्सल्टेन्सी हो । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी नठगिउन् र उनीहरुले चाहेजस्तै गरी विदेश पठाउनका लागि विद्यार्थी र तिनका अभिभावकहरुलाई शैक्षिक परामर्श दिने विशेष लक्ष्य र उद्देश्यका साथ हामीले कन्सल्टेन्सी सञ्चालन गरेका हौं ।

हयुस्टन कहिले स्थापना भएको हो ?

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसन एण्ड करियर काउन्सिलिङ सन् २०१५ मा सञ्चालनमा ल्याएका हौं । यद्यपि, हामीसँग परामर्श क्षेत्रमा एक दशकभन्दा लामो अनुभव छ । हामीले स्थापना कालदेखि नै राम्रो संङ्ख्यामा विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउन सफल भएका छौं । छोटो समयमा नै ह्युस्टनले विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल भएको छ । हामीमार्फत विदेश गइसकेका विद्यार्थीबाट पनि हामीलाई राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ ।

यस एजुकेसन कन्सल्टेन्सीले कुन–कुन देश विद्यार्थी पठाउँदै आइरहेको छ ?
हामीले विशेष गरी अष्टे«लिया, अमेरिका, क्यानडा, न्युजिल्याण्ड लगायतका देशमा विद्यार्थी पठाउँदै आएका छौं । विद्यार्थीलाई उच्च शिक्षाका लागि कुनैपनि देश पठाउनुअघि हामीले विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकलाई राम्रोसँग अन्तर्राष्ट्रिय शिक्षा, लाग्ने खर्च, जाने प्रक्रिया, अध्ययनपछि पाइने अवसर आवश्यक पर्ने लगायतबारे परामर्श दिन्छौं ।

ह्युस्टनको मूख्य विशेषता के हो ?
ह्युस्टनको मूख्य विशेषता भनेको विद्यार्थीले खोजेजस्तो शैक्षिक परामर्श दिनु हो । जसका कारण जुनसुकै देश जाँदा पनि विद्यार्थी ढुक्कसँग जानसक्छन् । तिनका अभिभावक विश्वस्त भएर आफ्ना छोराछोरीलाई अध्ययनका लागि विदेश पठाउन सक्छन् । त्यतिमात्र होइन हामी कुनैपनि विद्यार्थी अध्ययनका लागि विदेश गइसकेपछि पनि सहयोग गरिराख्छौं । ह्युस्टनका शैक्षिक परामर्शदाता दक्ष र अनुभवी हुनुका साथसाथै जिम्मेवार पनि छन् । उनीहरु कन्सल्टेन्सी परिसर मात्र नभई घर वा जहाँ हुँदा पनि विद्यार्थीले सम्पर्क गरे जुनसुकै बेला पनि परामर्श वा सहयोग गर्न हरक्षण तयार हुन्छन् । दक्ष, अनुभवी र लगनशिलताकै कारण अहिले विद्यार्थी र अभिभावक ह्युस्टन खोज्दै आउँछन् । हामीले दिने सेवाकै कारण ह्युस्टन लोकप्रिय भएको हो । विद्यार्थीलाई परामर्श प्रदान मात्र नगरी अभिभावकीय भुमिका पनि ह्युस्टनले खेल्ने गरेको छ । अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटीसँग यसको सम्वन्ध छ । विद्यार्थीलाई कलेज तथा युनिभर्सिटी छनोट गर्न पनि यसले सहज बनाउँछ । करियर काउन्सिलिङ, भर्ना प्रक्रियाबारे जानकारी, स्पट एड्मिसनका विभिन्न कार्यक्रम, भिसा प्रक्रिया बारे जानकारी, प्रिडिपार्चर बिफ्रिङ, ट्राभल एसिस्टेन्ट ह्युस्टनका मुख्य विशेषता हुन् ।

ह्युस्टन विद्यार्थीको रोजाइमा पर्नुको कारण के हो ?
ह्युस्टन विद्यार्थीको रोजाइमा पर्नुको कारण भनेको विद्यार्थीको रुची, चाहना, इच्छा तथा आर्थिक स्तर अनुसार नै कलेज तथा युनिभर्सिटी छनोट गर्न सहयोग गरेकाले हो । विद्यार्थीलाई जबरजस्ती उनीहरुको चाहना र योग्यता बिपरित फाइदा हुने आशाले विदेश पठाउनु हुँदैन । त्यसरी पठाउँदा विद्यार्थीको भविष्य नै खराब हुनसक्छ । कतिपय त्यही कारणले फ्रस्टेसन पनि हुन्छन् । त्यसैले हामी उनीहरुको रुची, चाहना, योग्यता र आर्थिक स्तर हेरेर उनीहरुलाई स्विटेबल हुने देश र त्यहाँ रहेका कलेजमा जानका लागि प्रोत्साहित गर्छौं । जसका कारण उनीहरुले प्रगति पनि राम्रो गर्ने गरेका छन् । हामी विश्वका उत्कृष्ट कलेज तथा युनिभर्सिटीका बारेमा जानकारी दिदै त्यसका लागि गर्नुपर्ने प्रक्रिया सबै जानकारी गराउँछौं । कसैलाई पनि झुक्याएर क्षणिक फाइदा लिदैनौं । त्यहाँ अध्यापन हुने विषय, छात्रवृत्तिको व्यवस्था, कलेज तथा युनिभर्सिटीका नीति, नियम तथा क्राइटेरिया लगायत विविध विषयमा विद्यार्थीले जानकारी पाउन सक्ने भएकाले पनि ह्युस्टन कलेज प्रतिको आकर्षण बढेको छ । करियर काउन्सिलिङको लागि पनि हस्टन अगाडि छ ।

शैक्षिक परामर्श बाहेक ह्युस्टनमा अन्य के–के सेवा उपलब्ध हुन्छ ?
शैक्षिक परामर्शसँगसँगै हाम्रोमा आइएलटिएस, टोफेल, पिटिई, सिएई, स्याट, जिम्याट, जिआरई लगायतका तयारी कक्षा पनि संचालन हुने गरेका छन् । दक्ष तथा अनुभवी प्रशिक्षकबाट कक्षा लिइन्छ । नविनतम प्रविधीको प्रयोग गरिनुका साथै शैक्षिक सामग्री पनि प्रयोग हुने गरेका छन् । श्रव्य दृष्य सामग्रीको प्रयोग गरी तयारी कक्षालाई इफेक्टिभ बनाइन्छ ।

वैदेशिक शिक्षाका लागि के कुरा चुनौति बन्न सक्छ विद्यार्थीका लागि ?
विदेश अध्ययन गर्न जाने विद्यार्थीको लागि भिसा चुनौती बन्न सक्छ । तर यो नबुझेर हुने गरेको छ । धेरैजसो विद्यार्थी भिसा प्रक्रियाका बारे नबुझेर अलमलमा पर्ने गरेका छन् । कसैले रोजगारीका लागि मात्रै जाने भन्ने बुझ्छन् । यसले पनि विद्यार्थी र अभिभावकलाई समस्यामा पार्न सक्छ । तर हामीले यसलाई सहज बनाएका छौं । विद्यार्थी तथा अभिभावकलाई भिसा प्रक्रिया तथा अन्तर्वार्ताका कक्षाका बारेमा परामर्श दिएर मनोवैज्ञानिक रुपमा तयार पार्छौं । हाम्रोमा प्रोफेसनल काउन्सिलरबाट काउन्सिलिङ हुन्छ र उनीहरुले विद्यार्थीलाई व्यक्तिगत रुपमा पनि काउन्सिलिङ गर्छन् । सुविधा सम्पन्न लाइव्ररी तथा स्टडी रुमको व्यवस्था छ । विदेश पुगेका विद्यार्थीलाई एकोमोडेसनमा सहयोग तथा एयरपोर्ट पिकअप गर्ने भएकाले विद्यार्थीलाई धेरै नै सहज हुन्छ ।

You might also like

Comments are closed.