हामी नेतृत्वमा आएपछि देशभर उत्साह छाएको छ

Beacon

ईन्दु लम्साल
डिष्ट्रिक्ट गभर्नर
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल

लायन्समा पदस्थापन भनेको उत्सव हो । यसमा पास्ट प्रेसिडेन्टले गरेका राम्रा कामहरुको फेहरिस्त प्रस्तुत गरिन्छ । अर्थात आफ्नो कार्यकालमा गरेका कामहरु प्रस्तुत गरेर देखाउने प्लेट फर्म पनि हो पदस्थापन । अनि नव निर्वाचित अध्यक्षले आफ्नो कार्यकालमा आफ्नो क्लबले गर्ने कार्य योजना प्रस्तुत गर्ने ठाउँ पनि हो ।

हाम्रो डिष्ट्रिक्टले यो वर्ष सशक्तीकरणका लागि जागौं ‘राइज टु इम्पावर’ भन्ने नारासहित काम गर्दैछौं । यो हाम्रो लक्ष्य हो । यो लक्ष्य पूरा गर्न सबै क्लबको उत्तिकै योगदान आवश्यक छ । यसका लागि विपन्न तथा पीछडिएका वर्गका महिलाहरुलाई तालिम दिएर ज्ञान, सीप हस्तान्तरण गर्ने, उनीहरुलाई आत्मनिर्भर बनाउन तालिमबाट सिकेका ज्ञान, सीप उपयोग गरी स्वरोजगार वा रोजगार दिलाउने जिम्मेवारी हाम्रो हो ।

हाम्रो डिष्ट्रिक्टले यो वर्ष क्लब बिस्तारलाई पनि प्रमुख प्राथमिकतामा राखेका छौं । गत महिना हाम्रो डिष्ट्रिक्ट सबैभन्दा धेरै क्लब बिस्तार गर्ने पहिलो डिष्ट्रिक्ट बनेर विश्वकै सर्वोत्कृष्ट डिष्ट्रिक्ट बन्दै सम्मानित भइसकेको छ । हामी वर्ष भरिमा नै सबैभन्दा धेरै क्लब गठन गरेर वर्ष सर्वोत्कृष्ट हुन चाहन्छौं । क्लबमा सदस्य थप्ने अभियान पनि वर्ष भरि नै जारी रहन्छ ।

लायन्समा लाग्नु भनेको सामाजिक कार्य गर्छु भन्नु हो । सामाजिक कार्य गर्दा हामीलाई सन्तुष्टी मिल्छ । समाज र समाजमा रहेका विपन्न तथा कम अवसर पाएका व्यक्तिहरुको उत्थानका लागि हामीले काम गर्ने हो । समाजका लागि वा कम अवसर पाएकाहरुका लागि केहि गर्छु भन्नेका लागि असाध्यै धेरै भएको ठाउँ हो नेपाल । क्लब गठन गर्दा सामाजिक सेवाप्रति समर्पित, समाज सेवाका लागि तल्लिन र केही गरौं भन्ने भावना भएकाहरुलाई सदस्य बनाउनुपर्छ । ताकि उनीहरु क्लबमा आएपछि समाजमा उदाहरणीय बन्न सकुन् । छुट्टै पहिचान बनाउन सकुन् ।

हाम्रो लायन्सले खास गरी स्वास्थ्यको क्षेत्रमा सबैभन्दा धेरै काम गर्ने गर्छौं । स्वास्थ्यको पहुँच नपुगेका ग्रामीण क्षेत्रमा गएर स्वास्थ्य शिविर आयोजना गर्ने, औषधी वितरण गर्नेलगायतका कामलाई प्रागमिकता दिन्छौं । पीछडिएका नारीहरुको सशक्तीकरणका लागि काम गर्छौं । हामी उदाहरणीय कार्य गरेर समाजमा स्थापित नारीहरुलाई सम्मान पनि गर्छौं । यसले गर्दा अन्य महिलालाई पनि अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने हाम्रो उद्देश्य हो ।

क्लबले गर्ने हरेक कार्यमा हाम्रो डिष्ट्रिक्टको सधैं साथ र सहयोग रहन्छ । सल्लाह, सुझावसँगै क्लबका सदस्यहरुलाई हौषला प्रदान गर्न सकभर हामी आफै पुग्ने प्रयास गरिरहेका छौं ।

हामी आएपछि एक किसिमको उत्साह छाएको छ । सबैले पहिलेभन्दा अझ बढी केही गरौं भनेर आफ्नो कार्यलाई अघि बढाउनु भएको छ । क्लबहरुबीच सामाजिक कार्यका लागि प्रतिष्पर्धा भइरहेको महशुष भएको छ । क्लबका प्रेसिडेन्टहरुबीच पनि कसले धेरै र राम्रो काम गर्ने, प्रभावकारी गर्ने भन्ने प्रतिष्पर्धा पनि भइरहेको देखेको छ । यसलाई कायम राखेर समाज सेवासँगै लायन्सलाई व्राण्डिङ गर्नका लागि म सम्पूर्ण लायन्स साथीहरुलाई हार्दिक आह्वानपनि गर्छु ।

Citizen Trade Link
Nova computer
टिप्पणिहरु
Loading...