हाम्रा मजदुर र कर्मचारीलाई समस्या परेमा सहयोग गर्छौंः सिटी रेवान

पोखरा । पोखरा नगर होटल रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) मा आबद्ध मजदुर तथा कर्मचारीहरुलाई समस्या परे संस्थाले सहयोग गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल लकडाउनमा छ ।

लकडाउनको समयमा सिटी रेवानमा आबद्ध कर्मचारी तथा मजदुरहरुलाई खाद्यान्न अभाव लगायत अन्य समस्या परेमा संस्थाले सहयोग गर्ने अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । ‘हाम्रा कर्मचारी तथा मजदुरलाई हामी सहयोग गर्न तयार छौं,’ उनले भने, ‘लकडाउनका कारण कुनै समस्या भएमा हामीलाई सम्झनुहोस् ।’

You might also like

Comments are closed.