पोखरा ।
सामाजिक युवाहरुको एकता,समाज परिवर्तनमा हाम्रो प्रतिबद्धताझ नाराका साथ स्थापित “हाम्रो पोखरा कास्की”ले विभिन्न सामाजिक काम गर्दै आईरहेको छ । बार्षिक कार्यक्रम अन्तर्गत पोखरा लेखनाथमा रहेको श्री कृष्ण प्रणामी मन्दिर बृद्ध तथा बाल आश्रममा खाद्यान्न तथा फलफुल बितरण गरेको छ ।
हाम्रो पोखरा कास्कीका सस्थापक अनिल जङ्ग पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा करिव १५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा फलफुल बितरण संस्थाले गरेको छ । पोखराबाट सम्झेर सहयोग गर्न गएकोमा आश्रमका संयोजक दुर्गा प्रसाद गौतमले धन्यवाद व्यक्त गरे । साथै आश्रमले आयोजना गर्न लागेको महायज्ञमा हाम्रो पोखरा कास्कीको सहयोगको अपेक्षा पनि उनले गरेका छन् ।
हाम्रो पोखरा कास्कीका शुभचिन्तक,सल्लाहकार , सदस्यहरु र हाम्रो पोखरा कास्कीको कोषबाट उक्त सहयोगको लागि रकम सङकलन गरिएको हाम्रो पोखरा कास्किका सचिब सफल पौडेलले जानकारी दिए ।
यसअघी पनि २०७५ सालको देउसीभैलो बाट सङ्कलन भएको रकमबाट उक्त आश्रममा आश्रितको लागि न्यानो कपडा,फलफुल तथा खाद्यान्न सहयोग गरेको थियो ।
Comments are closed.