हाम्रो सहयोगीको अध्ययन अवलोकन भ्रमण सम्पन्न

पोखरा, २८ फागुन ।

हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यहरुको भ्रमण सम्पन्न भएको छ । टोलीले अध्ययन अवलोकन भ्रमणका क्रममा नेपालको पुर्वी भुभागका साथै भारतको दार्जलिङ र सिक्किम भ्रमण गरेको हो ।

भ्रमण कै क्रममा नेपालको पुर्वी भागमा रहेको उत्कृष्ट सहकारी सगँ अन्तर्रक्रिया र अवलोकन गरिएको सहकारीका अध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिए । सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न स्थानको भ्रमण गरिएको र भ्रमण बाट धेरै कुरा सिकेको सापकोटाले बताए ।

भ्रमण निकै प्रभावकारी र सफल बनेकोे सहकारीका उपाध्यक्ष राधिका साई योगीले बताईन् । सेयर सदस्यहरुको क्षमता अभिबृद्धि तथा अध्ययन अवलोकनमा चासो बढाउन भ्रमण प्रभावकारी भएकोे सहकारीका सचिव नविन किरण भुषालले जानकारी दिए ।

नेपाल तथा भारतमा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकिय स्थलको भ्रमण गरिएको भ्रमण संयोजक तथा सहकारीका कोषाध्यक्ष दीपेन्द्र आचार्यले जानकारी दिए । दिपेन्द्र आचार्यको संयोजकत्वमा शुक्रराज कंडेल र गोपाल भुषाल सदस्य रहेको भ्रमण उपसमिती गठन गरिएको थियो ।

 

You might also like

Comments are closed.