पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. ले लगानी गरेको कर्जाको व्याजदरमा विशेष छुट प्रदान गरेको छ । संसारभर फैलिएको कोरोना भाइरसको त्रासलाई मध्यनजर गरी सहकारीले ३ महिनाका लागि व्याजमा २ प्रतिशत छुट गर्ने निर्णय गरेको अध्यक्ष शुक्रराज कँडेलले जानकारी दिए ।
यस अगाडि १६ प्रतिशत व्याज लिदै आएको सहकारीले अब ३ महिनाका लागि १४ प्रतिशतमात्रै व्याज लिने जनाएको छ । यसैबीच, सहकारीले आफ्ना सेयर सदस्यलाई स्यानीटाइजर र २ वटा मास्क निःशुल्क वितरण गर्ने अध्यक्ष कँडेलले जानकारी दिए ।
Comments are closed.