हाम्रो सहयोगीले मनायो १० औं बार्षिकोत्सव, ७२ युनिट रगत संकलन

 

पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकरी संस्था लिमिटेड पोखराले विभिन्न कार्यक्रम गरी १० औं वार्षिकोत्सव मनाएको छ । संस्थाले ३ दिन विविध कार्यक्रम गरेको छ । वार्षिकोत्सवको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा ७२ यूनिट रगत संकलन भएको अध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिए ।

सोमवार स्थापना दिवस तथा रक्तदान कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सहकारीले सामाजिक क्षेत्रमा गरेका कामको प्रसंसा गरे । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै सहकारको उज्ज्वल भविष्यको कामना गरे । कार्यक्रममा गण्डकी प्रदेशका सांसद कृष्ण थापा, प्रभा कोईराला, निर्वतमान अध्यक्ष किसान सुनार लगायतले वोलेका थिए ।

कार्यक्रमको पहिलो दिन शनिबार शेयर सदस्यमाझ सहकारी शिक्षा र अन्तरसहकारीहरूबीच भातृत्व अभिवृद्धिका लागि मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना भएको थियो । दोस्रो दिन सामाजिक उत्तरदायित्व वहन अन्तर्गत वेगनास स्वास्थ्य चौकीमा विभिन्न ५० हजार रुपैयाँ वरावरको स्वास्थ्य उपचार सामग्री सहित २ सेट अक्सिजनग्यास सिलिण्डर हस्तान्तरण गरेको सचिव नवीनकिरण भुषालले जानकारी दिए ।

You might also like

Comments are closed.