हार्डवेयर व्यवसायी आन्दोलित, सिमेन्ट र छडको मूल्य वृद्धि फिर्ता नलिए व्यवसाय बन्द गर्ने चेतावनी

पोखरा, २२ पुस । हिउँद यामको सुरुवातसँगै निर्माणका कामले तिव्रता पाउन थालेपछि सिमेन्ट र छड कम्पनीहरुले मनोमानी रुपमा मूल्य वृद्धि गरेको भन्दै हार्डवयेर व्यवसायीहरु आन्दोलित भएका छन् । पोखरा हार्डवयेर एशोसियसनले एक विज्ञप्ती निकाल्दै निर्माण सामग्री सिमेन्ट, छडको माग अधिक हुने मौका छोपेर उद्योगीले बदनियतपूर्ण तरीकाले मूल्यवृद्धि गरेकोमा आपत्ती जनाएको छ ।

व्यवसायहरुमाथि नै उद्योग कम्पनीहरुले एकाएक थेग्ने नसक्ने गरी सामानको मूल्य बढाएको देख्दा हामी अवाक भएका छौं, ‘एशोसियसनका अध्यक्ष राजेश कुमार गुप्ताले भने । बिगत १० दिनदेखि नेपाल भरीका सिमेन्ट र छड कम्पनीहरुले बिनाकारण र बिनाआधार पिपिसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा १ सय रुपैयाँ, ओपिसी सिमेन्टमा १ सय २० रुपैयाँ र फलामे छडमा प्रतिकिलोग्राम १३ रुपैयाँ मूल्यवृद्धि गर्दा हामी हाम्रा व्यवसाय वन्द गर्नु पर्ने अवस्थामा पुगेका छौं,’ उनले भने ।

अनावश्यक र कृत्तिम अभाव सृजना गरी मूल्य बढाउदा व्यवसाय नियमित रुपमा संचालन गर्न नसक्ने पनि विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘यस प्रकारको मूल्य वृद्धिबाट हामी कास्कीमा रहेका दुई सय २० हार्डवेयर व्यवसायी आन्दोलित र आफ्ना व्यवसाय बन्द गर्नेसम्मको अवस्थामा पुगेका छौं ।’

सम्बन्धित कम्पनीहरुसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभएपछि बिनाकारणको मूल्यवृद्धिले प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको हँुदा यसले परेको समस्याप्रति गम्भीर हुन पनि सरोकार वालासँग हामी विनम्र अनुरोध गर्दछौं, जिज्ञप्तीमा भनिएको छ । मूल्य वृद्धि गर्नुपर्ने कारणहरुमा विद्यमान अवस्थामा लोडसेडिङ पनि छैन, डलरको भाउ पनि बढेको छैन, क्लिंकरको भाउ समेत बढेको छैन र स्वदेशमै प्रशस्त मात्रामा क्लिंकर मौज्दात रहेको अवस्थामा उपभोक्ताको ढाड सेक्ने गरी मूल्य बढाइएको छ यो सरासर कम्पनीहरुले गरेको अत्याचार र अन्याय हो–विज्ञप्तीमा उल्लेख छ ।

You might also like

Comments are closed.