हार्ले डेभिडसनको इलेक्ट्रिक बाइक बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । हार्ले डेभिडसनले बजारमा उपलब्ध गराउने योजना बनाएको पहिलो इलेक्ट्रिक बाइक लाइभवायरको मूल्य सार्वजनिक गरिएको छ । यसको मूल्य २९ हजार ७९९ अमेरिकी डलर पर्नेछ । यो वर्षको तेस्रो त्रैमासिक तिर यो उत्तर अमेरिका र युरोपको बजारमा उपलब्ध हुनेछ ।

हार्लेको सो इलेक्ट्रिक बाइकको विशेषताका वारेमा पहिले नै जानकारी भए पनि यसको मूल्य सार्वजनिक गरिएको थिएन । अमेरिकाको लास भेगासमा जारी कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस)मा यसको मूल्य सार्वजनिक गरिएको हो ।

हार्लेको सो इलेक्ट्रिक बाइकमा कर्नरिङ एबीएस सहितको बे्रम्बो ब्रेक, फुल्ली एड्जस्टेबल सोवा सस्पेन्सन, मिचेलिन स्पोट्र्स टायर र ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर छन् । एक पटकको चार्जमा यो बाइक १७७ किलोमिटर गुड्न सक्छ । त्यसैगरी ३.५ सेकेन्ड भन्दा कम समयमै यसले १०० किलोमिटर प्रतिघण्टाको स्पिड लिन्छ ।

यसमा एचडी कनेक्ट नामक फिचर छ, जसले राइडर र बाइकलाई एलटीई प्रविधिको टेलिम्याटिक्स कन्ट्रोल युनिटको सहयोगले जोड्छ । यसका लागि हार्ले डेभिडसन एपको प्रयोग गर्न पनि सकिन्छ । यसले ब्याट्री डाटाका साथै नजिकको चार्जिङ स्टेशनको वारेमा पनि जानकारी दिन्छ । कसैले बाइक चोरी ग¥यो भने पनि सबै जानकारी यही एपबाटै थाहा पाउन सकिन्छ । त्यसैगरी सर्भिस रिमाइन्टर र लोकेसन जस्ता फिचर समेत उपलब्ध हुन्छ ।

You might also like

Comments are closed.