हावा नचाहिने टायर

Beacon

काठमाडौं । टायर निर्माता कम्पनी मिसेलिन र जनरल मोटर्स (जीएम)को संयुक्त प्रयासमा हावा विनाको टायरको प्रोटोटाइप तयार गरिएको छ । सो टायर कहिल्यै पनि पंक्चर हुने छैन र यसमा हावा भर्न पनि आवश्यक हुने छैन ।

लामो यात्राको समय टायरको कारण कुनै मुश्किल नहोस् भन्नको लागि सो टायर तयार पारिएको हो । अप्टिस नाम दिइएको सो टायर सन् २०२४ सम्ममा विश्वभरको अटो बजारमा उपलब्ध हुनेछ । अप्टिसको पूर्ण रुप युनिक पंक्चर प्रुफ टायर सिष्टम हो । हाल मिसेलिन र जनरल मोटर्सको सो नयाँ टायरको प्रोटोटाइप सेभ्रोलेको बोल्ट ईभी कारमा परीक्षण भइरहेको छ ।

तयार गर्न लाग्यो ५ वर्ष
अप्टिस टायर तयार गर्नको लागि कम्पनीलाई ५ वर्षको समय लागेको थियो । उक्त टायरको पहिलो परिकल्पना सन् २०१४ मा गरिएको थियो । जसलाई बनाउनको लागि लगभग ५० मिलियन डलर खर्च भइसकेको जानकारी कम्पनीले दिएको छ ।

मर्मत गर्न लाग्ने छैन खर्च
अप्टिस टायर मेन्टिनेन्स गर्नको लागि लागत धेरै नलाग्ने र सडकमा राम्रो प्रदर्शन गर्ने दुबै कम्पनीले दावी गरेको छ । यसमा हावा समेत भर्न नपर्ने हुनाले अझै खर्चको बचत हुनेछ । यसले सडकमा राम्रो पकड कायम राख्न समेत सहयोग गर्छ ।

भविष्यको टायर
सो टायरको प्रोटोटाइप भविष्यलाई ध्यानमा राखेर बनाइएको हो । रिपोर्टका अनुसार कुनै पनि चार पाङग्रे सवारी साधनमा सो टायरको प्रयोग गर्न सकिनेछ । सो टायर भविष्यमा आउने इलेक्ट्रिक भेइकललाई पनि ध्यानमा राखेर बनाइएको हो ।

वार्षिक २० करोड टायर खराब
अहिले पुरा विश्वभरमा करिब २० करोड टायर हरेक वर्ष खराब हुने गरेका छन् । टायर पंक्चर भएर वा सडकमा आउने समस्याको कारण टायर खराब भएको हुन्छ । जसलाई पछि पुनः प्रयोग गर्न सकेको हुँदैन । यस्तो परिस्थितिमा अप्टिस टायर यी सबै समस्याहरुबाट मुक्त हुने कम्पनीले विश्वास लिएको बताएको छ ।

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...
Japan Skip