हिउँदे अधिवेशन अन्त्य

पोखरा, ९ बैशाख

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आइतबार अन्त्य भएको छ । पुस २३ बाट सुरु भएको तेश्रो हिउँदे अधिवेशन आइतबार अन्त्य भएको हो । करीब साढे ३ महिने हिउँदे अधिवेशनमा ६ वटा विधेयक पारित भए । अधिवेशन अन्त्य हुनुअघी आइतबार सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको थियो ।

अधिवेशन अन्त्यसँगै संसदमा दर्ता भएको ३ वटा विधेयक पारित नभइ थाती रहेको छ । संसदमा दर्ता भएर विधायन समितिमा छलफलमै रहेका प्रदेश सभा सचिवालय व्यवस्थापन गर्न बनेको विधेयक, प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र औद्योगिक व्यवसाय थाती रहेका हुन् । विधायन समितिको छलफलमा सहमति नजुट्दा ती विधेयकहरु सभामा प्रस्तुत हुन नसकेका हुन् ।

You might also like

Comments are closed.