पोखरा, ४ माघ । अष्ट्रेलियन कम्पनी हिमाअसले पोखरामा साताव्यापी भर्ना सप्ताह सञ्चालन गरेको छ । स्मार्ट ओपन एकेडेमी पोखराको स्थानीय व्यवस्थापनमा कार्यक्रम गरिएको एकेडेमीका प्रवन्ध निर्देशक समिर थापा मगरले जानकारी दिए ।
जनवरी १३ बाट हिमाअस पोखराको सम्पर्क कार्यालय न्युरोड अनुपम मार्गमा सञ्चालित कार्यक्रम जनवरी २० सम्म चल्नेछ । कार्यक्रममा हिमाअस अष्ट्रेलियाका प्रवन्ध निर्देशक राजमान थकाली पनि सहभागी छन् । अष्ट्रेलियन विश्वविद्यालयमा भर्ना, छात्रबृत्ती, बिमा लगायतका विषयमा कार्यक्रममा विद्यार्थीलाई प्रत्यक्ष जानकारी गराइएको छ ।
साताव्यावी कार्यक्रम अन्तर्गत शनिबार अन्तिम दिन नर्स ट्रेनिङ अष्ट्रेलिया, किङ्स वन इन्स्ट्रिच्युट, सिड्नी मेट्रो कलेजका प्रतिनिधि आउने थापाले जानकारी दिए ।

कार्यक्रममा सहभागी भएर अष्ट्रेलियन शिक्षाका बारेमा सत्यतथ्य जानकारी दिन उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीलाई थापाले आग्रह गरेका छन् । हिमाअसमा परामर्श लिएर अष्ट्रेलिया जाने विद्यार्थीलाई त्यहाँ पुगेपछि पनि समन्वय गरेर व्यवस्थापनमा सहयोग गर्ने उनले बताए ।
Comments are closed.