हिमाअसको ११ दिने फेयर, भदौ ३१ गते अष्ट्रेलियाका २० वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि आउँदै

आर्थिक आवाज
पोखरा, २० भदौ ।

हिमाअस एजुकेसन कन्सल्टेन्सी तथा स्मार्ट ओपन एकेडेमी पोखराको संयुक्त आयोजनामा अष्ट्रेलिया एजुेकसन फेयर २०१८ आयोजना गरिएको छ । भदौ २१ गते बिहीबारबाट फेयर आयोजना हुनेछ । फेयर भदौ ३१ गते आइतबारसम्म जारी रहनेछ । ११ दिनसम्म आयोजना हुने फेयरमा प्रत्येक फरक फरक युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरु सहभागी हुने हिमाअस पोखराका प्रवन्ध निर्देशक समिर थापा मगरले जानकारी दिए । ब्लु स्काई एजुकेसनको सहयोगमा फेयर हुन लागेको हो ।

हिमाअसको कार्यालय अनुपममार्ग न्युरोडमा फेयर सञ्चालन हुने हिमाअसका सञ्चालक राजमान थकालीले जानकारी दिए । प्लस टुको रिजल्ट आएका विद्यार्थीलाई लक्षित गरी फेयर आयोजना गरिएको हो । ‘अष्ट्रेलियाको एजुकेसन लाइफ र त्यहाँको भविष्यलाई लक्षित गरी परामर्श सेवा प्रदान हुन्छ,’ उनले भने, ‘युनिभर्सिटीका प्रतिनिधिबाट फस्ट ह्याण्ड इन्फरमेसन दिनेछौं ।’

११ दिनसम्म आयोजित फेयर पश्चात अन्तिम दिन भदौ ३१ गते ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरिएको थकालीले जानकारी दिए । फेयरमा अष्ट्रेलियाका २० युनिभर्सिटी तथा कलेज सहभागी हुनेछन् । ३१ गते फेयर मिड टाउन ग्यालेरिया न्युरोडमा हुनेछ । २१ देखि ३० गतेसम्म बिचमा हिमाअसमा आएर परामर्श लिएका विद्यार्थीका लागि युनिभर्सिटी कलेजमा लाग्ने भर्ना शुल्क निःशुल्क गरिने थापाले जानकारी दिए । फेयरमा स्पट जिटिई एसेसमेन्ट तथा स्कलरसिप सुविधा पनि प्रदान हुने उनले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.