हिमाअसबाटै परामर्श लिनुपर्छ भन्ने संस्कारको विकास भएको छ : सिद्धार्थ

सिद्धार्थ पौडेल
बिजनेस डेभलपमेन्ट म्यानेजर
हिमाअस एजुकेसन कन्सल्टेन्सी

हिमाअस एजुकेसन कन्सल्टेन्सी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीलाई परामर्श सेवा प्रदान गरिरहेको छ । अष्ट्रेलियामा प्रधान कार्यालय रहेको हिमाअसले पोखरा शाखाबाट यस क्षेत्रका विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ । यसैक्रममा हिमाअसका बिजनेस डेभलपमेन्ट म्यानेजर सिद्धार्थ पौडेलसँग आर्थिक आवाजले गरेको कुराकानीः

हिमाअस कस्ता विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ ?
हिमाअसको मुख्य टार्गेट भनेको अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थी नै हुन् । अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि भिजाको काम पनि हामीले गर्दै आइरहेका छौं । उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई हामीले सत्य तथा तथ्य परामर्श दिन सफल छौं । विद्यार्थी तथा अभिभावक सबैलाई हामी सहयोग गर्छौं ।

विद्यार्थीलाई कसरी सहयोग गर्नुहुन्छ ?
हामीले अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सुरुवातको समयदेखि नै सहयोग गर्छौं । अष्ट्रेलियाको कलेज तथा युनिर्भसिटीको बारेमा जानकारी दिन्छौं । विद्यार्थीको रुची तथा चाहना अनुसारको कलेज तथा युनिर्भसिटी छान्न हामी सहयोग गर्छौं । विभिन्न कलेज तथा युनिर्भसिटीका प्रतिनिधि मार्फत विद्यार्थीको जिज्ञासा मेटाउँदै आएका छौं । अष्ट्रेलिया गएपछि पनि हामी विद्यार्थीलाई सहयोग गर्छौं र अभिभावकत्व प्रदान गर्छौं । विद्यार्थीको आवश्यकता अनुसार हामीले सहयोग गर्दै आइरहेका छौं ।

अन्य कन्सल्टेन्सी भन्दा हिमाअस कसरी फरक छ ?
हामीसँग अनुभव पनि धेरै छ । हामीले बिगत १० वर्षदेखि निरन्तर सेवा गर्दै आइरहेका छौं । नेपाल र अष्ट्रेलिया दुवै देशमा हाम्रो कार्यालय छ । अभिभावकले केही कुरा भन्न चाहेमा नेपालमा रहेका कार्यलयमा आएर भन्न सक्नुहुन्छ । विद्यार्थीलाई केही समस्या परेमा अष्ट्रेलियामा रहेको कार्यालयमा गएर समस्या राख्न सक्नुहुन्छ । विद्यार्थीसँग हाम्रो राम्रो सम्वन्ध छ । अध्ययन पश्चात काम खोज्न पनि हामी सहयोग गर्दछौं ।

अष्ट्रेलिया नेपाली विद्यार्थीको रोजाइमा परेको छ, कारण के होला ?
प्राय सबै विद्यार्थीको पहिलो गन्तव्य अष्ट्रेलिया नै बनेको छ । अष्ट्रेलिया सबै हिसावले नेपालीको लागि राम्रो छ । कलेज तथा युनिर्भसिटीको फि स्टक्चर पनि नेपालीको लागि अफोर्डएवल छ । विद्यार्थीले अष्टे«ेलियामा १५ दिनमा ४० घण्टा काम गर्न पाउने व्यवस्था पनि छ । अष्ट्रेलयाको मौसम नेपालसँग मिल्ने खालको छ । जसका कारण पनि नेपालीलाई त्यहाँको वातावरणमा घुलमिल हुन सहज छ । त्यहाँको संस्कृति मल्टिकल्चरल छ । कलेज होस् वा काम गर्ने अफिस संसारका सबै ठाउँका मानिस भेट्न सकिन्छ । एक आपसमा घुलमिल हुन सहज वातावरण बन्छ । बाहिरबाट जाने मानिसलाई यसले सहज बनाएको छ । सबै एक आपसमा मिलेर बसेको हामीले पाएका छौं । सुरक्षाको हिसाबले पनि अष्ट्रेलिया राम्रो देश हो । पि आरको लागि पनि सहज वातावरण छ । अन्य देशमा भन्दा सहज तरिकाले पिआर प्राप्त गर्न सकिन्छ ।

पोखरामा हिमाअसप्रति विद्यार्थीको आर्कषण कस्तो छ ?
पोखरामा हिमाअस नयाँ भएपनि हाम्रो लागि पोखरा नयाँ ठाउँ होइन । विश्वास भएपछि जहाँ बसेर पनि काम गर्न सकिन्छ । हामीले सबैको साथ पाएका छौं । सोचेजस्तो सफलता हामीले पाएका छौं । पोखरा तथा आसपासका स्थानबाट पनि विद्यार्थी आउनुहुन्छ । छोटो समयमा नै हामी सफल भएका छौं । अष्ट्रेलिया जाने विद्यार्थीले हिमाअसमा परामर्श लिनैपर्छ भन्ने संस्कारको विकास भएको हामीले अनुभूति गरेका छौं ।

अन्त्यमा विद्यार्थीलाई के भन्नुहुन्छ ?
सबै कुरा राम्रोसँग बुझेर मात्र उच्च शिक्षा अध्ययनका लागि विदेश जान म विद्यार्थीलाई आग्रह गर्दछु । अरुको लहैलहैमा लागेर जानुहुँदैन । आफ्नो भविष्य पनि यसमा जोडिएको छ । सचेत तथा सजग भएर सबै कुरा बुझेर मात्र प्रक्रिया अगाडि बढाउन म आग्रह गर्दछु । कन्सल्टेन्टले पनि राम्रोसँग काउन्सिलिङ गर्नु आवश्यक छ ।

You might also like

Comments are closed.