हिमाअस एजुकेशन र मुङलान रेष्टुरेन्ट पोखरा म्याराथनको सहप्रायोजक

आर्थिक आवाज
पोखरा, २ माघ । पोखरामा मुख्य कार्यालय रहेको हिमा अस कन्सलटेन्सी र पोखरा सभागृहमा रहेको दि मुङलान रेष्टुरेन्टले यही फागुन ७ गते पोखरामा आयोजना हुने ‘१३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’का लागि सहप्रायोजन गर्ने भएका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्ने उक्त म्याराथनमा सह–प्रायोजनका लागि हिमाअस एजुकेशन कन्सलटेन्सी र मुङलान रेष्टुरेन्टका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजमान थकाली र मंचका तर्फबाट कोषाध्यक्ष एवं आर्थिक संयोजक मञ्जुलमान श्रेष्ठले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सह–प्रायोजन बापतको रकम २ लाख रुपैयाँ बराबरको छ ।

सो अबसरमा बोल्दै सहप्रायोजक संस्थाका कार्यकारी निर्देशक थकालीले मंचले आयोजन ागर्ने म्याराथन पोखराको गौरब गर्ने कार्यक्रम मध्येको एक कार्यक्रम रहेको बताए । उनले पोखरा म्याराथनका लागि संस्थाका तर्फबाट सहयोगीको रुपमा अगाडि बढ्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिन आफूले सक्दो प्रयास गर्ने बताए ।

सो अबसरमा बोल्दै मंचका अध्यक्ष तेज गुरुङले पोखरा म्याराथनका लागि पोखराका दुई प्रतिष्ठित संस्था हिमा अस र मुङलान रेष्टुरेन्टको साथ पाउनु निकै महत्वपूर्ण रहेको बताउँदै म्याराथन सम्पन्न गर्न मंच उत्साहजनक रुपमा अगाडी बढेको बताए । पोखरालाई माया गर्ने सबै अगाडी आउन भन्ने ध्येय मंचको रहेको जनाउँदै अध्यक्ष गुरुङले प्रदेश सरकार र पोखरा महानगर पनि पोखरा म्याराथनलाई सफल पार्न सहयोगी भूमिका प्रदान गरेको बताए । मंचका संस्थापक अध्यक्ष खड्ग रानाभाट र कार्यसमिती सदस्य तीलक केसीको समेत उपस्थिती रहेको थियो । यस अघि पोखरा लोकसाइड स्थित ग्यालिसियर होटल एण्ड स्पाले म्याराथनको सह–प्रायोजकका रुपमा सम्झौता गरिसककेको छ ।

You might also like

Comments are closed.