पोखरा, १८ साउन । पोखरा जेसिजद्वारा आयोजित हिमाअस मिस पोखरा २०१८ दशौँ सस्करणको लागि पोखरा अडिसनको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा जेसीजको सभाहल रानीपौवा पुरानोधाराचोका हुने अडिसनको लागि पोखराका विभिन्न कलेजहरुमा साउन १ देखि १६ गतेसम्म कार्यक्रम सम्बन्धी जानकारी, परामर्श तथा पवद्र्धनात्मक कार्यक्रम सम्पन्न भएका छन् ।
मिस पोखराको बिजेत मिस नेपालको बिना अडिसन स्वत अन्तिम प्रतिस्पर्धामा सहभागी पाउने यस कार्यक्रमको मूल संयोजक तथा पोखरा जेसिजका कार्यकारीणी उपाध्यक्ष देवराज शर्माको नेतृत्वमा पोखरा जेसिजका अध्यक्ष शिव सुवेदी, अध्यक्षीय सल्लाहकार सन्तोष शाही, मीनराज खड्का, गणेश गिरी, शक्ति वरुवाल, भाइराज रानामगर, सूर्य बहादुर केसी, अनन्त प्रधानाङ्ग, शिव सापकोटा, श्रीकृष्ण सुनार, लक्ष्मी थापा मिसपोखरा २०१७ विजेता ममता जोसी, रनरअप सिम्रन गुरुङ, शोभा केसि, मन्जिता खनाल, प्रस्मि थापा, उन्नती गुरुङ, बन्दना केसी, विनु श्रेष्ठ लगायतले हिमाअस मिस पोखरा २०१८ को अर्डिसनको लागि पोखाका धेरै कलेजहरुमा पुगी विभिन्न कार्यक्रमहरु मार्फत प्रवर्धन गरिरहेको मूल संयोजक देवराज शर्माले जानकारी दिए ।
पृथ्वी नारायण कलेज, कन्या क्याम्पस, लाग्रान्डी इन्टरनेशलन कलेज, होटल म्यानेजमेन्ट कलेज, नोभेल एकेडेमी, लिङ्कन कलेज, पोखरा कलेज अफ म्यानेजमेन्ट कलेज, पोखरा विश्वविद्यालय लागायत अधिकां कलेजहरुमा गरिएको कार्यक्रमबाट अधिकाँश युवा महिलाहरु उत्प्रेरित भएकाले शनिबार रानीपौवा पोखरा जेसीजको भवनमा हुने अर्डिशनमा उल्लेख्य सहभागिता हुनेमा आफूहरु विश्वस्त रहेको पोखरा जेसीजका अध्यक्ष शिव सुवेदीले बताए ।
हिमाअस एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको कार्यक्रम क्वीनसफोर्ड कलेजको सहप्रायोजन र यामाह स्कुटरको उपप्रायोजन रहेको छ । १७ वर्षदेखि २४ वर्षसम्मका कक्षा १२ वा सो सरह उत्तीर्ण अन्तर्राष्ट्रिय स्तरको कुनैपनि सौन्दर्य प्रतियोगीतामा सहाभागी नभएका अविवाहित युवा नारीहरु यस कार्यक्रममा सहाभागी हुन पाउने आयोजकले जनाएको छ ।
पहिलो चरणको छनौटबाट उत्तीर्ण प्रतियोगीहरुले करिव एक महिनाको तालिम र अभ्यासको माध्यमबाट आफ्नो प्रतिभामा निखार ल्याउनुका साथै परिष्कृत गरी आगामी असोज २० गते अन्तिम प्रतिस्पर्धामा भिड्ने छन् ।