हिमाअस मिस पोखराको पहिलो अडिसन

पोखरा । हिमाअस मिस पोखरा २०१८ दशौँ संस्करणमा पहिलो अडिसन शनिबार सम्पनन भएको छ । पोखराकोे रानीपौवाको पुरानो धाराचोकमा रहेको जेसीजको आफ्नै सभाहलमा भएको अडिसनमा १७ वर्षदेखि २४ वर्षसम्मका २५ जना युवती सहभागी रहेको कार्यक्रम मूल संयोजक तथा पोखरा जेसिजका कार्यकारिणी उपाध्यक्ष देवराज शर्माले जानकारी दिए ।

अडिसनमा सहभागी हुन छुटेका युवा नारीहरुलाई मौका स्वरुप मिसपोखराको प्रतिस्पर्धामा सहभागी हुन इच्छुकहरुलाई मध्यनजर गर्दै दोस्रो चरणको अडिसन भदौ २ गते गरिने पोखरा जेसीजका अध्यक्ष शिव सुवेदीले बताए । हिमाअस एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको यस कार्यक्रमलाई क्वीनसफोर्ड कलेजको सहप्रायोजन र यामाह स्कुटरको उपप्रायोजन छ ।

पहिलो चरणको छनोटबाट उत्तीर्ण प्रतियोगीहरुले करिव एक महिनाको तालिम र अभ्यासको माध्यमबाट आफ्नो प्रतिभामा निखार ल्याउनुका साथै परिष्कृत गरि असोज २० गते अन्तिम प्रतिस्पर्धामा भिड्ने अध्यक्ष सुवेदीले जानकारी दिए ।

मिस पोखरा बिजेता मिस नेपालको अन्तिम प्रतिस्पर्धामा स्वत सहभागी हुन पाउनेछन् । एक हप्ताको अष्ट्रेलिया भ्रमण, नगद र क्राउनसँगै मिभिन्न पुरस्कारहरु पाउनेछन् भने प्रतियोगीहरुले विभिन्न विधामा गरि १३ वटा शीर्षकमा आफ्नो क्षमता प्रदर्शन गरी विजयी बन्न सक्नेछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.