आर्थिक आवाज
पोखरा, १८ असोज । पोखरा जेसीजले आयोजना गरेको मिस पोखरा २०१८ को तयारी पुरा भएको छ । असोज २० गते शनिबार पोखरा सभागृहमा गायक सोनुप पौडेल, बिनोद बानियाँ र सन्तोष बस्याल सहित थ्रिस्टार स्टुडियो पोखराको प्रस्तुति सहित मिस पोखराको अन्तिम प्रतिस्पर्धा हुनेछ ।
विभिन्न फरकफरक विधामा विषय विशेषज्ञहरुद्वारा तालिम तथा प्रशिक्षण गरी प्रिजज्मेन्ट राउण्ड सम्पन्न भए पश्चात प्रतिस्पर्धी बन्द सत्रमा छन् । अहिलेसम्म, अभिमुखिकरण तथा तालिम, उत्प्रेरणा तालिम, उद्घोषण तथा वक्तृत्वकला तालिम, डान्स, हेल्थ टिप्स, बैंकिङ तथा आर्थिक व्यवस्थापन, स्वास्थ्य तथा दाँत सम्बन्धी, पर्यटन, व्यक्तित्व विकास लगायत धेरै विषयका तालिम सम्पन्न भइसकेका कार्यक्रमका मूल संयोजक तथा पोखरा जेसिजका उपाध्यक्ष देवराज शर्माले जानकारी दिए ।
हिमाअस एजुकेशन कल्सल्टेन्सीको मुख्य प्रायोजन र कोसेली हेल्थ सल्फ्लावर तेलको प्रस्तुती रहेको उक्त कार्यक्रमको सह प्रयोजकमा क्वीन्सफोर्ड कलेज अष्ट्रेलिया र यामाहाको रेजेड स्कुटर छन् । एभरेष्ट बैंक बैकिंङ पार्टनर रहेको छ भने रेष्टुरेन्ट पार्टनरमा मुग्लान रेष्टुरेण्ट, होटल पार्टनर, पोखरा बाटिका र डाँफे होटल, क्राउन पार्टनरमा पर्वत तोला आभुषण, टेलिभिजन पार्टनरमा जनता टेलिभिजन र पोखरा टेलिभिजन, रेडियो पार्टनर विग एफ एम, मेकअप पार्टनर गुरुङ व्युटी पार्लर, ट्राभल पार्टनर, कम्युनिटी नेपाल टुर्स एण्ड ट्राभल्स, फोटोग्राफी पार्टनर एस टु प्रोडक्सन, भेनु पार्टनर, रञ्जित इभेन्ट सेन्टर, ड्रेस पार्टनर चेरिस्मा इम्पोरियम र साउण्ड पार्टनरमा एसके साउन्ड छन् ।

कार्यक्रमको सर्पोटेड वाइमा पोखरा महानगरपालिका र नेपाल टेलिकमको रहेको छ भने पर्माेटेड वाइमा नेपाल टुरिजम बोर्ड र परिचय एडरभटाइजिङ छन् । अन्य स्पोन्सरहरुमा बिग मास्टर वाइन, बाबा फाउन्डेशन र रारा तयारी चाउचाउ छन् ।
कार्यक्रमका अन्य १० विधाका उपशीर्षकहरुमा मिस वेस्ट पर्सनालिटिमा बाराही इन्टरनेट टेक्नोलोजिज प्रालि, बेस्ट इन्टलेक्टमा गोल्डेनगेट इन्टरनेशनल कलेज, बेस्ट क्याटवाकमा मेट्रिक्स एरिना, वेस्ट स्माइलमा लभवर्ड आइसक्रिम, वेस्ट ड्रेस चेरिस्मा इम्पोरियम, वेस्ट ट्यालेन्टमा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, वेस्ट हेयरमा द जावेद हविव, वेस्ट फोटोजेनिकमा डक्टर्स डेन्टल एण्ड इम्प्लान्ट सेन्टर, वेस्ट पपुलारिटीमा हाम्रो बैठक घर, मिस भ्युअर च्वाइसमा परिचय एर्डभटाइजिङले स्पोन्सर गरेको सो कार्यक्रममा ओएसिस एजुकेशन कन्सल्टेन्सि, वाटर फ्रन्र्ट रिर्सोट, फिस्टेल रिसोर्ट, पेभिलियन हिमालयन लज, ओम गार्मेन्ट, एम वे टुर्स एण्ड ट्राभल्स, दिमोर्डन अफसेट प्रेस, ट्रिनिटि एजुकेशन कन्सल्टेन्सी, न्यू एरा टुर्स् एण्ड ट्राभल्स, सिम्रिक एयरलाइन्स, जय भुपु सैनिक सुनचाँदि पसल, टिका रिसोर्ट, ग्लोबल टच ट्रेनिङ कन्सल्ट प्रालि लगायतको स्पोन्सर छन् ।
व्युटि विथ व्रेनको स्लोगन सहित आयोजना गर्न लागिएको सो कार्यक्रमकी विजेताले यामाहाको रेजेड स्कुटर, नगद ५० हजारको साथमा यो वर्ष एक हप्ताको अष्ट्रेलिया भ्रमण गर्न पाउने छन् । साथै मिस पोखरा विजेता मिस नेपालको अन्तिम प्रतिस्पर्धामा समेत स्वत प्रवेश समेत पाउने आयोजकले जनाएको छ ।
Comments are closed.