हिमालयन रेञ्जको क्रिकेट ब्याट पोखरामा लञ्चिङ

आर्थिक आवाज
पोखरा । हिमालयन रेञ्जको क्रिकेट ब्याट पोखरामा लञ्चिङ गरिएको छ । भारतको मेरोट सहरबाट उत्पादित हिमालयन रेञ्जको क्रिकेट ब्याट बुधबार पोखरामा लञ्चिङ गरिएको हो । ब्याटको हिमालयन रेञ्जका प्रोपाइटरहरु दीपेश खत्री, बिरेन पुन, विधान श्रेष्ठ र गोविन प्रधानले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । खत्री पूर्व अन्र्तराष्ट्रिय खेलाडी हुन् भने पुन, श्रैष्ठ र प्रधान क्षेत्रीय स्तरको खेलाडी हुन् ।

हिमालयन रेञ्जको यो क्रिकेट ब्याट नेपालमा पहिलोपटक भित्राइएको दाबी गरिएको छ । नेपालभर बिक्री गर्नेगरी पोखराको न्यूरोडमा यसको मुख्य आउटलेट खोलिएको हो । नेपालमा पाकिस्तान र भारतमा निर्माण गरिएका अन्य ब्याटहरु भएपनि तिनिहरुको नेपालमा डिलरमात्रै रहेको तर हिमालयन रेञ्जको भने ब्राण्ड नै खोलिएको हिमालयन रेञ्जका प्रोपाइटर मध्येका एक दीपेश खत्रीले बताए । भारतको मेरोट सहरमा उत्पादन हुने यो ब्याट सस्तो र राम्रो भएको जानकारी दिए । विश्वमा ईंग्लिस र कश्मिरी काठको ब्याट हुने र हिमालयन रेञ्जको ब्याट कश्मिरी काठबाट बनेकाले बलियोपनि हुने खत्रीको दाबी छ ।

हिमालयन रेञ्जले नेपालमा ४ थरि ब्याट बिक्रि गर्नेछ । हिमालयन रेञ्जका टप ब्याट, टपको नर्मल ब्याट तथा सेमी ब्याट र सेमीको नर्मल ब्याट गरी ४ प्रकारको ब्याटहरु रहेको खत्रीले बताए । टप ब्याटको मूल्य १६ हजारदेखि २० हजारसम्म, टपको नर्मल ब्याटको १० हजारदेखि १२ हजारसम्म, सेमी ब्याटको ६ हजारदेखि ८ हजारसम्म र सेमी अन्तर्गतको नर्मल ब्याटको करीब ४ हजार मूल्य पर्ने उनले जानकारी दिए ।

यसैबीच, हिमालयन रेञ्ज ब्याटको ब्राण्ड एम्बासेडर ३ जनालाई घोषणा गरिएको छ । नेपाली राष्ट्रिय महिला क्रिकेट टीमका शिला रेग्मी क्षेत्री, श्रृष्टी पोडेल तथा गण्डकी प्रदेशका पहिलो सेञ्चुरी हान्ने क्रिकेटर अनिल गुरुङलाई ब्राण्ड एम्बासेडर घोषणा गरिएको हो । उनीहरुलाई पोखरेली महिला पर्यटन व्यवसायी सोनी गुरुङ गौतमले क्रिकेट ब्याट दिएर ब्राण्ड एम्बासेडर घोषणा गरिन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...