पोखरा । पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टमा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायका बारेमा एईई दिएर बसेका विद्यार्थी र अविभावकसँग छलफल गरेका छन् ।
विद्यार्थी तथा अविभावकलाई पर्यटन व्यवसायी पम्फा पहारीले नेपालमा सानो कक्षाको पढाई उत्कृष्ट रहेको भन्दै माथील्लो तहमा पनि उत्कृष्ट बनाउन हिमाल कलेज लागेको बताइन् । उनले विदेशमा उच्च शिक्षा लिन जाने परम्परा बढ्दै गएको भन्दै त्यसलाई रोक्न भएपनि उच्च शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउनु पर्ने बताइन् ।
पोखरा उद्योग वाणिज्य संघका सदस्य शोभियत पौडेलले व्यवस्थापन विषयले व्यस्थापनदेखि व्यापारसम्मलाई आवश्यक पर्ने बताए । सुजल डेरीका वित्तीय प्रमुख जयराम त्रिपाठीले व्यवस्थापनका विद्यार्थीहरु नै राष्ट्रका मेरुदण्ड भएको बताउदै उनले उचित शिक्षा हासिल गर्न विद्यार्थीलाई आग्रह गरे ।
सिद्धार्थ बैंकका शाखा प्रमुख सरोज श्रेष्ठ, हिमाल कलेजका शैक्षिक कार्यक्रम प्रमुख रमेश खड्का, ऐकेडेमिक डिन रेशम सापकोटा, प्रशासक रीता गुरुङ, लेखापाल विनोद गिरी, निर्देशक लिलाप्रसाद पराजुली, क्याम्पस इन्चार्ज मणि डुमे्र लगायतले विद्यार्थी र अविभावकलाई व्यस्थापन र होटल व्यवस्थापनका बारेमा हिमाल कलेजमा पाइने शिक्षा र सेवाको बारेमा जानकारी दिएका थिए ।
हिमाल कलेजमा गण्डकी प्रदेशमा त्रिवि अन्तर्गतका निजी क्याम्पसहरुमा विविएसमा सबैभन्दा बढि विद्यार्थीहरु पढ्दै आएका छन् । कलेजले यस शैक्षिक सत्रदेखि व्यवस्थापन संकाय र होटल व्यवस्थापनमा कक्षा ११ मा सञ्चालन गर्न लागेको क्याम्पस प्रमुख हरि कार्कीले जानकारी दिए ।
Comments are closed.