हिमाल कलेज अफ म्यानेजमेन्टमा फाइनान्स लिटरेचर सम्वन्धी वर्कसप

 

पोखरा, १ पुष ।

पोखरामा नयाँ तवर तथा प्रविधिबाट सञ्चालनमा आएको हिमाल कलेज अफ म्यानेजमेन्टमा फाइनान्स लिटरेचर विषयमा १ दिने वर्कसप तथा प्रोजेक्टवर्क सम्पन्न भएको छ ।

कलेज सञ्चालनको पहिलो वर्षमा नै नितीगत स्तरबाट सञ्चालित कलजले व्यवस्थापन संकायमा पोखरामा नै सबैभन्दा धेरै विद्यार्थी भर्ना गरि अभिभावकको मन समेत जित्न सफल भएको हो । व्यवस्थापन संकायलाई प्राविधिक साथै व्यवहारिक तरिकाले अगाडि बढाउने लक्ष्य लिएको कलेजका सञ्चालकहरू बताउँछन् ।

प्रत्येक हप्ता तथा प्रत्येक महिनामा व्यवहारिक तथा व्यवसायिक ज्ञान प्रदान गर्दै आएको यस कलेजले यस साता भने सिए जयराम त्रिपाठीद्वारा एकदिने प्रोजेक्टवर्क गरेको हो । यस्ता अतिरिक्ति कार्यक्रमहरू कलेजले आफ्नो वार्षिक क्यालेण्डरमा समेत समावेस गरेर अगाडि बढाएको क्याम्पस प्रमुख हरि कार्कीले जानकारी दिए । यस्ता कार्यक्रमले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र नभई व्यवहारिक ज्ञान तर्फ आकर्षित गर्ने र अवको आधुनिक शिक्षा प्रणालीलाई नै टेवा पु¥याउनुको साथै दक्ष जनशक्तिको उत्पादन पछि रोजगारको समेत ग्यारेन्टि स्वयम विद्यार्थीले गर्न सक्ने सञ्चालन समितिका अध्यक्ष बलबहादुर थापाले बताए ।

कार्यक्रमा कलेजका सम्पूर्ण सञ्चालकहरूको साथै ८२ जना विद्यार्थी सहभागी थिए । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख प्रदिप खनालले गरेका थिए ।

You might also like

Comments are closed.