हिरोको ‘एक्स्ट्रिम २००आर’ बजारमा

आर्थिक आवाज
भदौ २८, पोखरा ।

हिरो मोटोकर्पको नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २००आर’ नेपालमा भित्रिएको छ । मोटरसाइकलको बिहीबार एक कार्यक्रमका बीच पोखरामा हिरो मोटोकर्पका लागि नेपालका कन्ट्रि सेल्स म्यानेजर हर्पित सिंहले मोटरसाइकलको बिक्री सुरुवात गरेका हुन् ।

हिरोको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङको पोखरा सहित देशभरका डिलरबाट मोटरसाइकल बिक्री सुरु भएको कम्पनीले जनाएको छ । ‘एक्स्ट्रिम २००आर’ को विशेष छुट मूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । बाइक चलाउँदा रोमाञ्चक हुनुको साथै ‘एक्स्ट्रिम २००आर’ चालक तथा यात्रुको सुरक्षालाई महत्व दिएको जारी विज्ञप्तिमा उल्लेख छ । ‘यसका लागि मोटरसाइकलमा स्तरीय विधि उपलब्ध गराउन एण्टि–लक ब्रेक सिस्टम जडान गरिएको छ, सिंहले भने, ‘ग्राहकहरुले उक्त मोटरसाइकलमा फिचरहरुको विविधता एवं व्यापकतासहित समग्र प्याकेजको आकर्षण प्राप्त गर्नेछन् ।’

एक्स्ट्रिम २००आरलाई नयाँ प्रणालीको बिएस–आइभी २०० सिसी एयर कुल्ड इन्जिनले शक्ति प्रदान गर्नेछ । ८ हजार आरपिएममा १८.४ पिएसको अधिकतम शक्ति र ६ हजार ५ सय आरपिएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न हुनेछ । ‘जसले गर्दा हरेक अवस्थामा प्रचर शक्ति र टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । यो बाइकले ४.६ सेकेण्डमा ०–६० किमी÷घण्टाको दौड गर्न सक्छ र यस्को गति उच्चतम विन्दु प्रति घन्टा ११४ किमिसम्म हुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एक्स्ट्रिम २००आरमा हलुका वजनको तर दह्रिलो खालको फ्रेम प्रयोग गरिएको छ । जसले उच्च गतिमा अत्याधिक स्थिरता कायम राख्न सकिने र कठिन मोडहरुमा मोटरसाइकल सम्हाल्न सहज हुने कम्पनीले जनाएको छ । आकर्षक लुक्सले धेरै युवा पुस्ताको विश्वास जित्न एक्स्ट्रिम २००आर बाइक सफल हुने कम्पनीले दावी गरेको छ । २७६ मिमिको अगाडि डिस्क र २२० मिमिको पछाडि डिस्क ब्रेकहरु र स्तरीय एबिएस प्रविधि विद्यमान रहेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.