हिरोको लोकप्रिय वाईक एक्स्ट्रिम २०० आर (मुल्य र बिशेषता सहित)

 

काठमाडौं

हिरोका लोकप्रिय बाइक मध्ये एक्स्ट्रिम २०० आर एक हो । गत वर्षको नाडा अटो शोको अवसरमा हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले हिरोको यो बाइक नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

‘एक्स्ट्रिम २०० आर’ को बजार मूल्य २ लाख ९५ हजार ५ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । नयाँ बाइकले युवालाई रोमाञ्चक महसुस गराउनुको साथै सुरक्षालाई महत्व दिइएको कम्पनीको दावी छ ।

मोटरसाइकलमा स्तरीय विधि अपनाउन यसमा एन्टी–लक ब्रेक सिस्टम (एबीएस) जडान गरिएको छ ।

बाइकमा नयाँ प्रणालीको बिएस आइभी २०० सिसी एयर कुल्ड इन्जिन छ । यसले ८ हजार आरपीएममा १८.४ पीएसको अधिकतम शक्ति र ६ हजार ५०० आरपिएमा १७.१ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । ४.६ सेकेन्डमा ६० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्ने यसको उच्चतम गति प्रति घण्टा ११४ किलोमिटरसम्म छ ।

यो बाइकमा हलुका वजन र दह्रो फ्रेमको प्रयोग गरिएको छ । स्पोर्टि हेडलाइट, पाइलट लाइट, टेल ल्याम्पलगायतले बाइकलाई झनै आकर्षक बनाएको छ ।

यसमा रहेको १७ इन्च, १३०–७० चौडाईको रियर रेडियल टायरमा भएको ट्रेड प्याटर्नले सडकको पकड कायम राख्ने र मोडिँदा भरपर्दो तथा ब्रेकको नियन्त्रणलाई सुनिश्चित गर्ने कम्पनीको जनाएको छ । सो बाइक विभिन्न ५ कलर अप्सनमा उपलब्ध छ ।

You might also like

Comments are closed.