हिरो बाइकमा एक लाखसम्म डिस्काउन्ट

आर्थिक आवाज/पोखरा

नेपालीको महान चाड बडादशैं र तिहारको अवसरमा हिरो ब्राण्डका मोटरसाइकल र स्कुटर खरिद गर्दा एक लाखसम्म छुट दिएको छ । हिरोको बाइक र स्कुटर खरिदमा स्क्रयाच कुपन दिइने र त्यसमा परेको आधारमा एक लाखसम्म छुट दिइने हिरोको अधिकृत बिक्रेता एसियन अटो मोवाइल नयाँबजार पोखराका सञ्चालक किसानमान बुद्धाचार्यले जानकारी दिए । उनका अनुसार हिरो मोटरसाइकल वा हिरो स्कुटर कुनैपनि खरिदमा स्क्र्याच कुपन दिइन्छ ।

कुपन स्क्र्याच गर्दा एक हजारदेखी एक लाखसम्म पर्नसक्छ । हिरोले स्क्र्याच कुपनको अलावा न्यूनतम ६ हजार छुट सिधै डिस्काउन्ट पनि दिदै आएको छ ।

त्यस्तै, हिरो स्कुटरमा ८ हजार क्यास डिस्काउन्ट दिइन्छ । त्यसका अलावा स्क्रयाच कुपन यथावत रहने सञ्चालक बुद्धाचार्यले बताए । हिरोले स्क्र्याच कुपनमार्फत हरेक १५ दिनमा देशभरका लागि गरिएको लक्की ड्र मा बम्पर उपहार पार्ने एक जनालाई एक लाख पुरस्कार पनि दिदै आएको छ ।

हिरोले ५ वर्ष ईञ्जिन वारेन्टी, ९ पटक सर्भिसिङ फ्रि, ३ पटकलाई स्पेयर पार्टमा ७ प्रतिशत छुट र मोबिलमा ३ पटकलाई ३० प्रतिशत छुट दिदै आएको बुद्धाचार्यले जानकारी दिए ।

You might also like

Comments are closed.