पोखरा ७ फाल्गुन
पोखरा १२ माटेपानीस्थित हिल प्वाईट माध्यमिक विद्यालयले गत शैक्षिकसत्र तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । पुरस्कार वितरण कार्यक्रममा वोल्दै प्रमुख अतिथि राष्टिय परीक्षा वोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका निर्देशक विष्णु नारायण श्रेष्ठले विद्यालयको पढाई राम्रो हुनलाई विद्यालयका हरेक गतिविधिहरु राम्रो हुनुपर्ने वताउदै विद्यालयको स्रोत साधान राम्रो हुनुपर्ने,हरेक कुराहरुमा विद्यालय अपडेट हुनुपर्ने,विद्यार्थीहरुलाई स्कुलमा शिक्षकले राम्रो वातावरण दिनुपर्ने लगाएत विभिन्न सुझावहरु दिएका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य दिवाकर जैसीले विद्यालयले विगत केहि वर्ष देखि उत्कृष्ट नतिजा निकाली रहेको वताउदै विद्यालयले ब्यहवारीक शिक्षामा जोड दिएको वताए । प्राचार्य जैसीले विद्यालयले पढाई सगसगै विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त्त क्रियाकलापहरुमा पनि सहभागी गराउदै आएको वताए ।
कार्याक्रममा पुर्व सह सचिव दिवाकर बास्तोलाले विद्यार्थीहरुलाई पढाई सगसगै आध्यात्मिक कुराहरुको पनि ज्ञान दिनुपर्ने वताए । पोखरा महानगरपालिका १२ का वडा सदस्य देशभक्त केसीले वडा नम्मर १२ शिक्षामा धनी वडा रहेको वताउदै सामुदायीक स्कुलमा उत्कृष्ट दुई स्कुलहरु यही वडामा रहेको वताउदै निजि स्कुलमा पनि कास्की जिल्ला भित्र रहेका उत्कृष्ट स्कुल भित्र हिल प्वाईट स्कुल पर्ने वताए । कार्यक्रममा समाजसेवी ऋषिराम लामिछानेले हिल प्वाईट स्कुल एउटा नमुना स्कुल रहेको वताउदै विद्यालयको प्रगतीको कामना गरेका थिए ।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पढाई, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । स्कुल व्यवस्थापन समितीका अध्यक्ष विजुली वहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत मन्तब्य विद्यार्थी प्राप्ती गुरुङले गरेकी थिइन भने शिक्षक समिर मौरती र शिक्षिका जेनिसा तामाङले कार्यक्रम सन्चालन गरेका थिए ।
हिल प्वाइन्ट उच्च मा.विमा हाल ८५० जना विद्यार्थी अध्यनरत छन् भने ८३ जना कर्मचारीहरु रहेका छन् । स्कुले प्लस टुमा मोफसलमा नै पहिलो चोटी फाइन आर्टको कक्षा सन्चालन गरेको छ । स्कुलमा साइन्स,व्यवस्थापन, होटल मैनेजमेण्ट विषयमा कक्षा सन्चालन भइरहेको छ ।