हुण्डाईको दशैं अफर : नगदसहित कार जित्ने चान्स

आर्थिक आवाज
पोखरा, २२ असोज । नेपालीको महान चाँड दशैं र तिहारको अवसरमा हुण्डाईले आकर्षक छुटसहित बम्पर उपहार योजना ल्याएको छ । हुण्डाईले दशैं र तिहारको अवसरमा आकर्षक नगद छुट दिने जनाएको छ । त्यस्तै दशैं, तिहार अफर अन्तर्गत एक वर्षको ईन्सुरेन्स पनि फ्रि गर्ने हुण्डाईले बताएको छ ।

हुण्डाईको जुनसुकै गाडी खरिदमा बम्पर उपहार राखिएको छ । दशैं, तिहार र छठको अवसरमा हुण्डाईले देशभरका हुण्डाई गाडी खरिदकर्ताहरु मध्येबाट दुई जनालाई लक्की ड्रबाट बम्पर उपहार योजना अन्तर्गत कार उपहार दिने भएको हो । हुण्डाईले लक्की ड्र बाट बिजेता हुने एक जनालाई आई ट्वान्टी एक्टीभ कार र अर्को एक जनालाई क्रेटा गाडी दिने भएको हुण्डाईको अधिकृत विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिका मार्केटिङ ईञ्चार्ज भीम खत्रीले जानकारी दिए ।

त्यस्तै, दशैं अफर अन्तर्गत नै देशभरका हुण्डाई खरिद कर्ता मध्ये लक्की ड्रबाट छानिएका १ सय जनालाई १० ग्राम सुन प्रदान गरिने जनाइएको छ । हुण्डाईको दशैं अफर बाहेक नियमित रुपमा ३ वर्षको वारेन्टी, ४ वर्ष सर्भिसिङ फ्रि र एक वर्षको रोड ट्याक्स फ्रि यथावत रहने खत्रीले बताए ।

You might also like

Comments are closed.