हुण्डाईको नयाँ वर्ष डिलाइट योजना

आर्थिक आवाज
पोखरा, २६ चैत । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली नयाँ वर्ष २०७६ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजना अन्र्तगत ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्नुको साथै एक वर्षको निःशुल्क बीमा ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

योजना अन्तर्गत १५ हजार रुपैयाँको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् । सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसिङ तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवाप्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाबाइल उत्पादक मध्येमा पर्दछ । कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करौंडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । हुण्डाई न्यू इयर डिलाइट नेपालको सम्पूर्ण डिलर नेटवर्कमा उपलव्ध छ ।

 

You might also like

Comments are closed.