हुण्डाई एक्सचेन्ज बिहीबारबाट शुरु

आर्थिक आवाज
पोखरा, २० मंसिर ।

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘हुण्डाई एक्सचेन्ज कार्यक्रम’ सुरु गरेको छ । बिहीबारबाट देशभर कार्यक्रम सुरु भएको हुण्डाईले जनाएको छ । शनिबारसम्म कार्यक्रम जारी रहनेछ ।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुण्डाई एक्सचेन्ज क्याम्प सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ । एक्सचेन्ज अफर साथै स्पट एक्सचेन्ज एण्ड भ्यालुएसन, ईजी फाइनान्स एण्ड इन्सोरेन्स र क्यास डिसकाउन्टको अफर समेत कम्पनीले ल्याएको छ ।

लोयल्टी र एक्स्चेन्ज बोनस १५ हजार रुपैयाँ बराबर रहेको तथा ४ वर्षको सर्भिस फ्रि, ३ वर्षको वारेण्टी रहेको र हरेक टेष्ट ड्राइभमा आर्कषक उपहार रहेको सेल्स एण्ड अपरेसन इन्चार्ज भीमसिंह खत्रीले जानकारी दिए ।

ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधाप्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको प्रा.लि.का महाप्रवन्धक रुपेश शर्माले बताए । देशव्यापी कार्यक्रमले ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने उनको भनाइ छ ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले वर्ष भरिनै विभिन्न योजनाहरु र एक्सचेन्ज क्याम्पमा निरन्तरता दिएको छ ।

You might also like

Comments are closed.