हुन्डाइको ‘बेबी क्रेटा’, नाम राखियो ‘भेन्यु’, मूल्य कति ?

काठमाडौं, १४ चैत । हुन्डाईले नयाँ सब–कम्प्याक्ट एसयूभी ‘क्युएक्सआई’ को नाम हुन्डाई भेन्यु राखेको छ । हुन्डाईले उक्त कारलाई कनेक्टेड एसयूभीको रुपमा प्रचार गरेको छ । यसमा विभिन्न कनेक्टेड टेक्नोलोजी प्रयोग गरिने बताइएको छ ।

यसको नाम स्टिक्स राखिने चर्चा पनि थियो । यो भन्दा पहिले यसलाई कारलिनो पनि भनिएको थियो । हुन्डाई क्रेटासँग धेरै मिल्दोजुल्दो भएकाले यसलाई बेबी क्रेटा पनि भनिएको छ । सो कारको टिजर भिडियो पनि जारी गरिएको छ । कम्पनीले आगामी अप्रिल १८ देखि चल्ने न्युयोर्क मोटर शोमा सो कार प्रदर्शन गर्ने बताएको छ ।

भेन्यु एक प्रचलित शब्द हो । हेर्नका लागि कुनै स्थान वा कारको भित्री भागलाई भेन्यु भन्न सकिन्छ । यो कार भारतमा भने आगामी मे महिनामा लन्च हुनेछ । त्यसको केही महिना पछि नेपालमा पनि आउन सक्छ । यसको प्रतिस्पर्धा टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३००, मारुती सुजुकी भिटारा ब्रेजा र फोर्ड इकोस्पोर्ट जस्ता कारसँग हुनेछ ।

भेन्युमा हुन्डाई क्रेटा र सान्ता फेको जस्तै स्प्लिट डीआरएल हेडल्याम्प्स छ । यो १.४ लिटर पेट्रोल, १.४ लिटर डिजेल र १.० लिटर ३ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिनका साथ आउने छ । भेन्युको इन्टेरियर फुल ब्ल्याक कलरमा उपलब्ध हुनेछ । यसको अघिल्लो भागमा भेन्टिलेटेड सिट, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम आदि हुनेछ । त्यसैगरी सनरुफ, ड्युअल फ्रन्ट एयरब्याग, एबीएस–ईबीडी, रियर पार्किङ सेन्सर आदि हुनेछ । सो कारको मूल्य भारतमा करिब ७ लाख भारुको हाराहारीमा हुने अनुमान गरिएको छ ।

You might also like

Comments are closed.