हुन्डाईका ग्राहकलाई विशेष स्किमः ५० प्रतिशत किस्ता हुन्डाई आफैले तिरिदिने

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुन्डाई) ले नयाँ स्किम ल्याएको छ । हाल कोभिड–१९ को बदलिँदो परिस्थितिलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि एक विशेष प्याकेज ल्याएको हो । जसअन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।

हाल कोभिड–१९ ले ल्याएका चुनौतीहरुसँग सामना गरी अघि बढ्न हिम्मत र हौसला प्रदान गर्नको लागि लक्ष्मी हुन्डाईले एक सानो प्रयास स्वरुप विशेष प्याकेजको सुरुवात गरेको बताएको छ ।

ग्राहकहरुका लागि यस विशेष प्याकेज अन्तर्गत हुन्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुन्डाईले ५० प्रतिशतको साथ दिनेछ । यसका साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बिमा, निःशुल्क सडक कर (आ.व.२०७७/७८) का साथै स्पट एक्सचेन्ज र सरल फाइनान्सको पनि फाइदा लिन सक्नेछन् ।

यस विषम परिस्थितिमा कोरोना भाइरस बिरुद्ध तत्पर रही लडिरहेका स्वास्थ्यकर्र्मीरुका लागि पनि लक्ष्मी हुन्डाईले विशेष प्याकेज उपलब्ध गराएको छ । यससँगै ४ वर्षको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि उपलब्ध छ ।

You might also like

Comments are closed.