हुन्डाईको अन्तर्राष्ट्रियस्तरको सर्भिस सेन्टर अव पोखराको पर्स्याङमा पनि

आर्थिक आवाज
चैत ९, पोखरा ।

हुन्डाईको सर्भिस सेन्टर पोखराकोपर्स्याङमा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टर पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

बिक्री पछिको सम्पूर्ण सेवालाई अझ व्यवस्थित बनाउने लक्ष्यसहित सर्भिस सेन्टर स्थापना गरिएको सर्भिस म्यानेजर सञ्जय बरालले जानकारी दिए । हुन्डाईको सोरुम रहेको बुद्धचोक सहित पोखरामा अब दुई ठाउँबाट सर्भिसको सेवा उपलब्ध हुने बरालले बताए ।

jutta mela

४ रोपनी जग्गामा निर्माण गरिएको सर्भिस सेन्टरमा एकै पटकमा १२ वटा गाडीको सर्भिसिङ गर्न सकिने हुन्डाईका सेल्स एण्ड अपरेसन म्यानेजर भीमसिंह खत्रीले जानकारी दिए । ‘हुन्डाईका गाडीका आवश्यक पर्ने सम्पूर्ण सेवाहरु नयाँ सर्भिस सेन्टरमा उपलब्ध हुनेछ,’ उनले भने । हुन्डाई कम्पनीद्वारा सर्टिफाइड दक्ष प्राविधिक टेक्निसियनद्वारा गाडीहरुको मर्मतसम्भार तथा चेकजाँच गरिनेछ । विद्युतीय गाडीको चार्चको सुविधासमेत उपलब्ध छ ।

You might also like

Comments are closed.