हुन्डाईको ‘विन्टर डिलाइट अफर’ सार्वजनिक

पोखरा, १२ पुस । हुन्डाई गाडीको ‘विन्टर डिलाइट अफर’ सार्वजनिक भएको छ । हुन्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत आकर्षक नगद उपहारका साथै १ वर्षको निःशुल्क बीमाको सुविधा रहेको कम्पनीले जनाएको छ । १ लाख रुपैयाँ सम्मको एक्सचेञ्ज बोनस, १५ हजार रुपैयाँसम्मको लोयल्टी बोनस तथा स्पट एक्सचेञ्ज र मूल्यांकन सुविधा पनि उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

पोखराको आधिकारिक बिक्रेता एलआई मोटर्ससहित लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १४ ओटा शोरूम र १६ ओटा सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । सबै हुन्डाईका गाडीमा ४ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध रहेको कम्पनीले जानाकरी दिएको छ ।

You might also like

Comments are closed.